Comments Add Comment

एचआइभी संक्रमितले उपचार पाउनुपर्छः प्रधानमन्त्री

१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एचआइभी एड्स संक्रमितलाई उपचारको अभाव हुन नदिने बताएका छ्न । विश्व एड्स दिवसका अवसरमा शनिबार प्रधानमन्त्रीले जारी गरेको एक सन्देशमा यस्तो प्रतिवद्धता जनाइएको हो ।

३१ औं विश्व एड्स दिवसका अवसरमा प्रधानमन्त्री ओलीले भनेका छन्- ‘सबै संक्रमितहरुमा यो सेवा पुर्‍याउन सरकारका स्वास्थ्य निकाय र एड्सविरुद्ध कार्यरत सबै संस्थाहरुलाई म आग्रह गर्दछु । सबै संक्रमितमरुले उपचार सेवा पाउनुपर्छ ।’

एचआइभी एड्स नियन्त्रणका उपायलाई थप प्रभावकारी बनाउन सबै क्षेत्रको भूमिका आवश्यकता रहेकोमा प्रधानमन्त्रीले जोड दिएका छन् ।

दिगो विकासका लक्ष्यहरुले स्वस्थ्य मानव समाजको परिकल्पना गरेको स्बताउँदै प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा एड्स रोग निर्मूल गर्ने रणनीतिलाई द्रुतगतिमा अघि बढाउनु पर्नेमा जोड दिएका छन् ।

यस अभियानमा नेपालमा पनि राष्ट्रिय एड्स परिषदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रधानमन्त्री ओलीले विश्वास विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment