Comments Add Comment

शंकटासँग हारेपछि राजुकाजीको घोषणाः उपाधि होडबाट बाहिरियौं

१५ मंसिर, काठमाडौं । शकटा क्लबसँग हारेसँगै च्यासल युथ क्लबका प्रशिक्षक राजुकाजी शाक्यले आफ्नो टिम ए डिभिजन लिगको उपाधि होडबाट बाहिरिएको स्वीकार गरेका छन् ।

शनिबार भएको खेलमा शंकटाले च्यासल युथलाई २-१ गोल अन्तरले हराएको हो । च्यासलको यो तेस्रो हार हो । उसले एक मात्र जितेको छ भने एक बराबरी खेलेको छ ।

सशस्त्र प्रहरीको मैदान हलचोकमा भएको खेलमा शंकटाले २२ औं मिनेटमा अमित तामाङको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको सुरुमा नै म्याक्सवेलले गोल गर्दै अग्रता दोब्बर पारे ।

च्यासलका लागि खेलको ८६ औं मिनेटमा सन्तोष साहुखलले सान्त्वना गोल गरेपनि हार टार्न सकेनन् ।

खेलपछि प्रशिक्षक राजुकाजीले भने, ‘हामी अब उपाधि दौडबाट बाहिरिएका छौं । यदि हामीले बाँकी सबै खेल जित्यौं भने पनि अरुको खेलमा भरपर्नुपर्छ, जुन असम्भव छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment