Comments Add Comment

टुँडिखेलमा प्लास्टिकका झोलाको ‘मृत सागर’

नेपालमा अनौठा अनौठा काम गरेर गिनिज बुकमा नाम लेखाउने होड नै चलेको छ । केही दिन अगाडि एक किशोरीले लगातार १२३ घन्टा नृत्य गरिन्, विश्व रेकर्डमा आफ्नो दावेदारी पेश गरिन् ।

आज फेरि अर्को कीर्तिमानको प्रयास भएको छ । टुँडिखेलमा प्लास्टिकका झोलाहरुबाट मृत सागरको नक्सा बनाएर गिनिज बुकमा नाम लेखाउने प्रयास भएको हो ।

विभिन्न स्थानबाट संकलन गरिएका करिब १ लाख प्लास्टिकबाट यस्तो नक्शा तयार गरिएको आयोजक संस्थाको दावी छ ।

रोचक के छ भने यसमा सरकारी निकाय सहआयोजकको रुपमा रहेको छ । स्टेम फाउन्डेसन नेपाल नामक संस्थासँग वातावरण विभागले यसमा सहकार्य गरेको हो ।

यसअघि ६८ हजार प्लास्टिकबाट यस्तो नक्शा बनाइएको कीर्तिमान रहेकोमा आज त्यसलाई तोडिएको आयोजकले दावी गरेका छन् । यसलाई गिनिज बुकले मान्यता दिन्छ या दिदैन हेर्न बाकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment