Comments Add Comment

हुण्डाई एक्सचेन्ज् शुरु, १५ हजार सम्मको लोयल्टी बोनस

२० मंसिर, काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले यहि मंसिर २० गते देखि हुण्डाई एक्सचेन्ज् क्रार्यक्रम देशभरि गर्ने भएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले अाजबाट विहान १० बजेदेखि साझँको ६ बजे सम्म हुण्डाई एक्सचेन्ज् क्याम्प ल्याएको छ । एक्सचेन्ज अफरका सार्थ स्पट एक्सचेन्ज एन्ड भ्यालुएसन, इजी फाइनान्स एन्ड इन्स्योरेन्स र क्यास डिस्काउन्ट पनि दिएको छ ।

सँगै हुण्डाइले लोयल्टी बोनस १५ हजार सम्म र ४ बर्षको फ्रि सर्भिस,  डेढ लाखसम्मको एक्सचेन्ज बोनस, ३ वर्षको वारेन्टी र हरेक टेष्ट ड्राइभमा आकर्षक उपहारहरु प्रदान गर्ने हुण्डाईले जनाएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रवन्धक रुपेश शर्मा भट्टले भने ‘ग्राहकहरुलाई सधैँ उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मी हुण्डाई तल्लीन रहेको छ । यस देशव्यापी कार्यक्रमले पनि ग्राहकहरुलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्नेछ । हुण्डाई एक्सचेन्ज् क्याम्प नेपालको सम्पूर्ण डिलर नेटवर्कमा उप्लब्ध छ ।’

ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना आयोजना गरिरहने लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले वर्ष भरिनै अाफ्नाे ग्राहकको सुविधाको लागि यस्ता योजनाहरु र एक्सचेन्ज क्याम्पमा निरन्तरता दिएको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment