Comments Add Comment

भीएलएनका सञ्चालक राम श्रेष्ठलाई ठगी मुद्दामा सफाइ

२६ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारलाई भिसा प्रक्रियामा ठगी गरेको अभियोगका आरोपी भीएलएनका सञ्चालक राम श्रेष्ठलाई जिल्ला अदालत ललितपुरले सफाइ दिएको छ । यसअघि जिल्ला अदालतले उनलाई १२ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश मात्रै दिएको थियो ।

न्यायधीश विश्व मंगल आत्रेयको इजलासले सरकारले लगाएको आरोप प्रमाणित हुने अवस्था नदेखिएको भन्दै ठगी मुद्दाबाट सफाइ दिएको हो । सरकारले उनीविरुद्ध २ करोड ८६ लाखको माग दावीसहित ठगीको मुद्दा चलाएको थियो ।

श्रेष्ठले भिसा स्ट्याम्पिङका लागि भीएलएन खडा गरेर अवैध रुपमा ३२ सय रुपैयाँ असुल्दै आएको आरोप लगाइएको थियो । यो काम २०७० कात्तिकदेखि चलिरहेको थियो ।

७ सय रुपैयाँमा हुने कामका लागि उनले ३२ सय असुल्दा कामदार मर्कामा परेको भन्दै श्रम मन्त्री गोकर्ण बिष्टले गृह मन्त्रालयको सहयोगमा श्रेष्ठसहित विभन्न संयन्त्रका सञ्चालकहरु विरुद्ध ठगी मुद्दा चलाएका थिए ।

२०७३ असोजबाट वान स्टप सेन्टरका नाममा पनि कामदारमाथि आर्थिक भार थपिएको आरोप सरकारको थियो । तर, जिल्ला अदालत ललितपुरले भने आरोप पुष्टी हुने अवस्था नदेखिएको भन्दै ठगी मुद्दाबाट श्रेष्ठलाई सफाइ दिएको छ ।

काठमाडौंको जिल्ला अदालतमा भने श्रेष्ठविरुद्ध ठगी मुद्दा विचाराधीन नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment