Comments Add Comment

अल्फा बिटा इन्टर क्वीजको सेमिफाइनल तथा फाइनल आज हुँदै

२७ मंसिर, काठमाडौं । अल्फा बिटाले आयोजना गरिरहेको दुई दिने इन्टर कलेज क्वीजको सेमीफाइनल तथा फाइनल आज हुँदैछ ।

हिजो भएको ग्रुप राउण्डको खेलबाट भिएस निकेतन कलेज, साइपाल एकेडेमी, सेनजेभिएर इन्टरनेशनल, गोल्डेन गेट इन्टरनेशनल, एसटी सेनजेभिएर, हिमालयन हृवाइट हाउस इन्टरनेशनल, नामी, तथा सैनिक आवाशीय महाविद्यालय आदी कलेजहरु सहभागि हुँदैछन् ।

फाइनलमा विजयी हुने प्रथम कलेजले नगद पचास हजार रुपैयाँ, ट्रफि, मेडल पाउने कलेजले जनाएको छ ।  यस्तै दोस्रो हुने कलेजले नगद पच्चिस हजार रुपैयाँ, ट्रफि तथा मेडल प्राप्त गर्ने अल्फा बिटाका प्रेसिडेन्ट तथा सिइओ द्विराज शर्माले जानकारी दिए । यस कार्यक्रममा मिडियाकर्मी जि.पी तिमिल्सीना र क्वीज मास्टर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment