Comments Add Comment

व्यापारको अनौपचारिक हिस्सालाई पनि हेरौंः अर्थमन्त्री

२८ मंसिर, काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले अन्तर्राष्ट्रिय व्यापारको अनौपचारिक हिस्साको पनि अध्ध्यन हुनुपर्ने बताएका छन् । उनले अन्तर्राष्टिय ब्यापारमा अनौपचारिक हस्यिाा आधा भन्दा बढी रहेको सुनिएको भन्दै त्यसबाट बस्तुनिष्ठ अध्ययन आवश्यक रहेको बताएका हुन् ।

उनले यस्तो ब्यापारको आकार पनि ठूलो रहेको भन्दै उनले दक्षिण एसियाको हकमा झन यो महत्वूर्ण रहेको सुनाए ।

शुक्रबार विश्व बैंकले सार्जजनिक गरेको दक्षिण एसियाको ब्यापारबारेको ‘अ ग्लास हाल्फ फुल’ प्रतिवेदन सार्वजनिक गर्दै उनले विभिन्न समस्याक कारण नेपालले वैदेशिक ब्यापरमा सशक्त उपस्थिति जनउन नसेकको उल्लेख गरे । उनले दक्षिण एसियाको ८० प्रतिशत ब्यापार हिस्सा एउटै मुलुकसँग रहेको भन्दै उननले द्विपक्षीय ब्यापार कठिन बनेको बताए ।

उनले नेपालका भन्सार नाकाहरु ‘बोटल नेक’ बनेको प्रशंग कोट्याउँदै भन्सार तथा नाका पूर्वाधारहरुको सुधारलाई पनि जोड दिनुपर्ने उल्लेख गरे ।

उनले ब्यापार घाटालाई नकारत्मक रुपबाट मात्रै हेर्न नहुने तर्क दोहोर्‍याए । विकासील मुलुकले आफ्नो विकासको आवश्यकतालाई अयातकै माध्यमबाट पूर्ति गर्ने भन्दै उनले पुँजी निर्माणका लागि आवश्उक मेसिनरीसहितको आयात बढ्दा आत्तिनुनपर्ने बताए ।

उनले दोहोरो अंकको आर्थिक वृद्धिदर हात पार्न अन्तर्राष्ट्रिय ब्यापारको हिस्सा पनि बढ्दै जानुपर्ने उनको भनाइ थियो ।

शुक्रबार सार्वजनिक भएको रिेपोर्टमा सार्क क्षेत्रमा मानवीय कारणबाट उत्पन्न भन्सार अवरोधका कारण ७७ बिलियन डलरमा हुन सक्ने ब्यापार २३ बिलियन डलरमा खुम्चिएको उल्लेख छ । सार्क राष्ट्रबीचको ब्यापार पुरै एसियाको ५ प्रतिशत मात्रै रहेको रिपोर्टले जनाएको छ । यसमा झण्डै ८० प्रतिशत हिस्सा भारतले नै ओगट्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment