Comments Add Comment

सिभास एक्सभीस् स्कच ह्वीस्की नेपाली बजारमा

२८ मंसिर, काठमाडौं । सिभास एक्सभीको १५ वर्ष पुरानो माल्ट एण्ड ग्रेन ह्वीस्कीहरुमा उतारिएको छ । उच्चस्तरीय ग्राण्ड स्यामपेन कोंयाक कास्कमा यसलाई तयार पारिएको हो । ग्राण्ड स्यामपेन विश्वभरि आˆनो कोंयाकको गुणस्तरको लागि सुप्रसिद्ध रहेको कम्पनीको दावी छ ।

ब्लेन्डेड इज बेटर भन्नेमा सिभास विश्वास राख्दछ। यो भनाई जीवन र स्कच दुवैलाई मेल खान्छ ।सिभास एक्सभीले सिभासको संस्कृति र लगावलाई अहिलेको समय र आमअनुभवसंग मिश्रण गर्न सफल भएको छ। यसले सबै किसिमको पुराना अडकलबाजीहरुलाई चुनौती दिँदै आफूलाई सबैभन्दा लोकप्रिय ड्रिङ्क बनाउनेमा हामी विस्वस्त छौं। यो आफैमा उत्सव मनाउन योग्य कुरा हो,’ सिभासका डाइरेक्टर अफ ब्लेन्डिङ्ग स्यान्डी हिसलप भन्छन्।

सिभास मूलरूपमा लक्जरी ब्लेन्डेड स्कच व्हिस्कीकोलागि चिनिन्छ । १९औं शताब्दीमा जेम्स र जोन सिभासले स्कटलाण्डमा सिभासको स्थापना गरेका हुन् । अहिले २०० सालपछि  स्यान्डीले एउटा नयाँ र खास किसिमको मिश्रण विधि ल्याएर सिभासको ऐतिहासिक शैलीलाई फलीय र मखमली स्वाद दिएर निखारेका छन् ।

सिभास एक्सभी प्रतिष्ठित सिभास व्हिस्की बोटलहरुमा पाइनेछ । पारर्दर्शी बोटलमा राखिने यो व्हिस्कीको प्याकेजिङ्ग सुनौलो कार्टनमा गरिएको छ । एउटा व्हिस्की पारखीको लागि यो भन्दा उत्कृष्ठ कोशेली अरु कुनै हुनेछैन् ।

सिभास एक्सभी विश्वका सबै प्रमुख विमानस्थलहरुमा उपलब्ध छ । नेपाली बजारमा यो डिसेम्बर १ देखि उपलब्ध छ । १०० सिएलको सिभास एक्सभीको खुद्रा मूल्य रु १० हजार २०० हो ।

सिभासको ‘सफलता नै मिश्रण हो’ भन्ने भावलाई सिभास एक्सभीले अन्तर्राष्ट्रियरुपमा बोकेको छ। सिभास एक्सभी सार्वजनिक भए लगत्तै ‘टिम एक्सभी’ क्याम्पेनको सुरुवात पनि हुनेछ । यो क्यामपेनमा विश्वभरका ट्रेन्ड सेटर र क्रियेटिभ अभियन्ताहरुको समूहले सिभास एक्सभीको साथमा विश्वका विभन्न ठाउँमा हुने पार्टीहरुमा आफ्नो छुटै किसिमको छाप र ट्रेन्ड छाड्ने दावी कम्पनीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment