Comments Add Comment

गहभरी आँसु पार्दै शक्तिले मैदान छाडे

२९ मंसिर, काठमाडौं । भेट्रार बलर शक्ति गौचनको अन्तिम खेलमा पनि पोखरा पल्टन पराजित भएको छ । शनिबार भएको दोस्रो खेलमा चितवन टाइगर्सले शक्ति उपकप्तान रहेको पोखरा पल्टनलाई ७ विकेटले हरायो ।

जितसँगै ४ अंक जोडेको चितवनको प्ले अफमा पुग्ने सम्भावना कायमै रहृयो । तर, घरेलु लिगबाट भेट्रानर बलर शक्तिको विदाइ सुखद भएन ।

मैदान छाड्दै गर्दा उनी भावुक बने । गहभरी आँसु पार्दै उनले मैदान छाडेका थिए ।  उनले भने, ‘अन्तिम दिन यागदार रहनेछ । यो क्षण कहिल्यै बिर्सने छैन ।’

नेपाललाई १० वर्षमा टेष्ट नेसन बनाउने आफ्नो लक्ष्य रहेको भन्दै उनले क्रिकेटको विकास र प्रशिक्षणको माध्यमबाट यसमा योगदान गर्ने बताए ।

प्रतियोगितामा पोखराको खराब प्रदर्शनको समिक्षा गर्दै शक्तिले फिल्डिङमा चुकेको बताए । यदि यसमा सुधार गर्न सकेको भए टिम प्ले अफमा पुग्ने सम्भावना रहेको भन्दै यसबाट सिक्न खेलाडीहरुलाई आग्रह गरे ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको १३० रनको लक्ष्य चितवनले अन्तिम ६ बल बाँकी छँदा ३ विकेट गुमाएर भेट्टाएको थियो । दिपेन्द्र सिंह ऐरीले नटआउट ५४ रन हान्दा पल स्टर्लिङले ५५ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२९ रन बनाएको थियो । उसका सुनिल धमलाको ५१ रन बनाए पनि अन्य ब्याट्सम्यानले ठूलो पारी खेल्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment