Comments Add Comment

श्रीसन्तको आजीवन प्रतिबन्ध पुनर्विचार गर्न निर्देशन

भारतको सर्वोच्च अदालतले क्रिकेटर श्रीसन्तमाथि लागेको आजीवन प्रतिबन्ध हटाएको छ । यसले आफूलाई लाइन लाइन दिएको र छिट्टै क्रिकेट मैदान फर्किन चाहेको श्रीसन्तले बताए ।

सर्वोच्च अदालतले शुक्रबार म्याच फिक्सिङ मामिलामा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को अनुशासन समितिमाथि लगाएको प्रतिबन्ध हटाएको हो । केरला उच्च अदालतले प्रतिबन्धलाई कायमै राखेको थियो तर, श्रीमान्त सर्वोच्च गए ।

सर्वोच्चका न्यायाधीश अशोक भूषण र केएम जोसेफको इजलासले बीसीसीआईको अनुशासन समितिलाई तीन महिनाभित्र श्रीसन्तको सजाय पुनर्विचार गर्न भनेको छ । साथै सजायको समय तय गर्दा श्रीसन्तको कुरा पनि सुन्नुपर्ने अदालतले प्रष्ट भनेको छ ।

२०१३ को आईपीउलमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा श्रीसन्तमाथि प्रतिबन्ध लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment