+
+
Shares

पार्टी बैठकमा रामहरिको जिकिर : कानुन मन्त्रालयले कुलिङ पिरियडमा हेरफेर गर्‍यो

‘तल उपदफा लेखिएछ, हामीलाई थाहा नभइकन, समितिका कसैलाई पनि थाहा नभइकन उपदफा लेखियो, उपदफामा के लेखियो भनेर जानकारी भएन । हामीले कसैले पनि, समितिलाई मात्र होइन, संसदलाई पनि जानकारी भएन,’ खतिवडाले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १७ गते १९:३४

१७ असार, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं नेपाली कांग्रेसका केन्द्रीय समिति सदस्य रामहरि खतिवडाले ‘कुलिङ अफ पिरियड’ दुई वर्ष नराख्ने प्रावधान कानुन मन्त्रालयले गरेको जिकिर गरेका छन् ।

खतिवडाले पार्टी केन्द्रीय समितिको बैठकमा कानुन मन्त्रालयले दुई वर्ष अवधि हटाएर विधेयक पेश गरेको जिकिर गरेका हुन् ।

समितिबाट पारित भएको व्यवस्था संशोधन गरेर एउटा उपदफा सच्याएर, एउटा उपदफा थप गरेर संसदमा पुगेको उनले बताए । सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा कानुन सचिव पाराश्वर ढुङ्गाना अनुपस्थित रहेको समेत सुनाए ।

‘तल उपदफा लेखिएछ, हामीलाई थाहा नभइकन, समितिका कसैलाई पनि थाहा नभइकन उपदफा लेखियो, उपदफामा के लेखियो भनेर जानकारी भएन । हामीले कसैले पनि, समितिलाई मात्र होइन, संसदलाई पनि जानकारी भएन,’ खतिवडाले भने ।

उनले थपे, ‘आज कानुन र सामान्य प्रशासन मन्त्रालयका सचिवहरूलाई पनि तपाईंहरू आउनुस्, कसको गल्ती थियो भन्दाखेरि उहाँहरूले हिजो हामीसँग कुरा गर्दा आउँछु भन्नुभयो । आज फोन गर्दा अफ गरेर उहाँहरु समितिकै मिटिङमा आउनुभएन ।’

समितिका सदस्यहरू निष्ठापूर्वक लागेर कुलिङ पिरियड राखिएको उनले बताए । विधेयक हेरफेर गर्ने काममा आफू दोषी नरहेको उनले दाबी गरे ।

‘यसमा हाम्रो केही दोष छैन र दोषीलाई कारबाही गरियोस् भनेर आज हामीले सभामुखसँग आग्रह गरेर आएका छौं,’ पार्टी बैठकमा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?