Comments Add Comment

ललितपुरका भारतीय खेलाडी सन्नी पटेल कारबाहीमा

३ पुस, काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा ललितपुर प्याट्रियोट्सका भारतीय खेलाडी सन्नी पटेल खेल भावना विपरीत व्यवहार देखाएका कारण कारबाहीमा परेका छन् ।

फाइनल प्रवेशका लागि मंगलबार काठमाडौं किंग्स इलाभेनसँग भएको खेलमा सन्नीले खेल भावना विपरीत व्यवहार गरेका थिए ।

सन्नीले खेल भावना विपरीत काम गरेको र आचारसंहिता उल्लंघन गरेकाले बिहीबारको म्याच फिको ७५ प्रतिशत रकम जरिवान गर्नुका साथै तीन डिमेरिट अंक दिइएको हो ।

काठमाडौंलाई एक विकेटले जितेको खेलमा प्रदीप साहुको बलिङमा सन्नी पहिलो बलमा नै स्टम्पिङ भएका थिए । आउट भएपछि उनले अम्पायरविरुद्ध खेल भावना विपरीत व्यवहार गरेका थिए ।

ईपीएलमा यसअघि ललितपुरकै भारतीय खेलाडी गौरव तोमरलाई बलिङ एक्सन अवैध भएको भन्दै प्रतियोगिताभर बलिङ प्रतिबन्ध लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment