Comments Add Comment

मकवानपुरमा कुखुरापालनमा किसानको ८० करोड लगानी

३ पुस, हेटौंडा । कुखुरापालनमा आत्मनिर्भर रहेको मकवानपुरमा किसानले ८० करोड रुपैयाँ लगानी गरेका छन् । जिल्लाको विभिन्न भागमा किसानले पालेको ब्रोइलर र लेयर्स जातका कुखुरापालनमा उनीहरुले यति धेरै लगानी गरेका हुन् ।

लगानी असुरक्षित रहे पनि अहिले जिल्लामा ठूलो लगानी कुखुरापालनमा रहेको मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारीले बताए । ‘कुन बेला के समस्या आउँछ थाहा छैन तै पनि किसानले लेयर्स र बोइलर कुखुरा पालनमा ठुलो लगानी गरेका छन्’ उनले भने ।

अहिले जिल्लामा ९ लाख लेयर्स र ६ लाख बोइलर कुखुरा किसानले पालेका छन् । संघका अनुसार अण्डा उत्पादनको लागि प्रयोग हुने लेयर्सको उत्पादन जिल्लामा खपत पछि काठमाडौं र वीरगञ्ज पठाइन्छ । ब्रोेइलर कुखुरा भने काठमाडौं पठाइन्छ ।

अहिले मकवानपुरका किसानले उत्पादन गरेको ८० प्रतिशत ब्रोइलर जिल्लाभित्र खपत हुने गरेको भने लेयर्सको अण्डा २० प्रतिशत जिल्लामा र अन्य बाँकी काठमाडौं र वीरगञ्ज जाने गरेको बताइएको छ । ठूलो लगानीमा कुखुरा भैरहेको मकवानपुरमा ३ हजार किसान आबद्ध रहेका छन् । कुखुरा पालनमा ठुलो मात्रामा किसान रहे पनि संघमा भने ४ सय ५७ जनामात्र आवद्ध रहेका छन् ।

कुखुरापालनमा अहिले निकै आकर्षण बढेको संघले जनाएको छ । अहिले जिल्लामा हावापानीका हिसाबले राम्रो भएपछि अण्डा उत्पादनका लागि लेयर्स कुखुराको पालन बढ्दै गएको संघले जनाएको छ ।

अहिले २ वटा राष्ट्रिय उद्योग, ५ वटा ह्याचरी र साना केही उद्योगको लगानीसहित मकवानपुरमा करिब ३ अर्ब बराबरको लगानी पोल्ट्री क्षेत्रमा रहेको अध्यक्ष अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment