Comments Add Comment

खप्तड गोल्डकपको तेस्रो संस्करण पुस २४ देखि, विजेतालाई २१ लाख

५ पुस, कैलाली । सुदूरपश्चिम खप्तड गोल्डकप फुलटबल प्रतियोगिताको तेस्रो संस्करणको मिति तय भएको छ । आयोजक सुदूरपश्चिम स्पोर्टस-११ क्लबले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गरी मिति घोषणा गरेको छ ।

सुदूरपश्चिम स्पोर्ट्स-११ क्लबका अध्यक्ष सुरेश हमालले यही पुस २४ गतेदेखि माघ ५ गतेसम्म धनगढी रंगशालामा गोल्डकप आयोजना गरिने बताए ।

अध्यक्ष हमालले प्रतियोगितामा एउटा विदेशी टिम, आयोजक, ए डिभिजन क्लब र विभिन्न जिल्लाका क्लबहरुले सहभागी हुने जानकारी दिए ।

उनले अहिलेसम्म क्यामरुनको क्लबको गोल्डकपमा सहभागिताको टुंगो लागिसकेको जानकारी दिए ।

त्यस्तै सहभागी प्रत्येक टीमले ३/३ जना विदेशी खेलाडीहरु आफ्नो टीममा सहभागी गराउन सकिने अध्यक्ष हमालले जानकारी दिए ।

प्रतियोगितामा विजेतालाई नगद २१ लाख एक रुपैयाँ र उपविजेता टिमलाई १० लाख एक रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइक, विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई १५/१५ हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले १०/१० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगितामा कुल १ करोड ४० लाख रुपैयाँ खर्च हुने अनुमान आयोजकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment