Comments Add Comment

नेकपा बैठकमा माधव नेपालको आक्रोसः नेतालाई पूजा गर्ने प्रवृत्ति देखियो

७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्ट नेताहरुको नेतृत्व लिने प्रयास गरेका छन् ।

शनिबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा नेपालसँगै झलनाथ खनाल, महासचिव विष्णु पौडेल, रामबहादुर थापा बादल र गिरिराजमणि पोखरेलले बोलेका छन् ।

नेता नेपालले पार्टीमा एउटा पक्षलाई सिध्याउने प्रयास भएको भन्दै यो महाभूल हुने चेतावनी दिएका छन् ।

यसअघि योगेश भट्टराई, घनश्याम भुसाल, रघुजी पन्त लगायत नेपालनिकट नेताहरुले एउटा विचार समूहका नेताहरुलाई खेद्ने काम भएको बताएका थिए । नेकपामा तत्कालीन एमालेको दुई गुट कायमै रहेको र पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले माधव नेपाल समूहलाई खेद्ने काम गरेको उनीहरूको गुनासो छ ।

वरिष्ठ नेता नेपालले नेतालाई पूजा गर्ने प्रवृत्ति देखिएको भन्दै बैठकमा असन्तुष्टि जनाएका छन् । ‘नेता पनि मान्छे नै हुन्, मान्छेबाट गल्ती, कमी कमजोरी हुन्छ’ उनले भने ।

आत्मप्रशंसा र आत्मनिन्दा दुबै गलत हुने नेता नेपालले बताएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

नेता नेपालले सचिवालय र विधानबारे देखिएको अस्पष्टता हटाउनुपर्ने, व्यक्तिलाई हेरेर नभई मापदण्डका आधारमा जिम्मेवारी दिनुपर्नेमा जोड दिएका छन् ।

सरकारको कामभन्दा कुरा धेरै भएको उनले बताए । पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले प्रधानमन्त्रीको काम अनुगमन र निर्देशन दिने भएको भन्दै सबै कामलाई प्रधानमन्त्री कार्यालयमा केन्दि्रत गर्न नहुने धारणा समेत राखेका थिए ।

अर्का नेता झलनाथ खनालले सरकारले राम्रो काम गर्न नसके आकार खुम्चन सक्ने चेतावनी दिए । मन्त्री, राजदूतलगायतका महत्वपूर्ण नियुक्तिहरु गर्दा पार्टीमा कुनै छलफल नभएको भन्दै उनले असन्तुष्टि जनाए ।

प्रदेश कमिटीलाई लिएर गुनासोहरु आएको भन्दै उनले त्यसलाई सम्बोधन गर्नुपर्ने र यही बैठकबाट केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउनुपर्नेमा जोड दिए ।

बैठकमा महासचिव विष्णु पौडेलले लिखित सम्बोधन गरेका थिए । उनले भने सरकारको बताच गरेका छन् र आलोचना गर्नु गलत हुने तर्क राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment