Comments Add Comment

निसानले ल्यायाे ‘विन्टर फेष्ट अफर’

१० पुस, काठमाडौं । निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनि पायोनियर मोटो कर्पले निसानका गाडीहरुमा ‘विन्टर फेष्ट अफर’ को उपहार योजना ल्याएको छ । यो उपहार योजना निसानका सबै गाडीहरु निशान एक्स–ट्रायल, टेरानो, नाभारा, सनी, मिक्रा एक्टीभमा लागू हुनेछ ।

निसान ‘विन्टर फेष्ट अफर’ योजना अन्तर्गत ग्राहकहरूले हरेक निसान गाडीको खरिदमा रु पाँच लाखसम्म छुट पाउन सक्नेछन् । गाडी एक्सचेन्ज गर्दा एक्सचेन्ज बोनस र लोयल्टी बोनसबाट पनि ग्राहकहरु लाभान्वित हुन सक्नेछन् ।

सुख्खा जाडोलाई उत्सवमय बनाउन ग्राहकहरुलाई “विन्टर फेष्ट अफर” मार्फत अन्य थुप्रै सुविधाहरु पनि निसानले दिने भएको छ । यो योजना अन्तर्गत ग्राहकहरुले २ वर्षको निःशुल्क स्वास्थ्य बीमा (आफ्नो निकटतम परिवारका सदस्यहरुलाई) ३ वर्षको वारेन्टी र सर्भिसिङ र एक वर्षको विस्तृत ईन्स्योरेन्स निःशुल्क प्राप्त गर्नेछन् ।

पायोनियर मोटो कर्पका अनुसार यो योजना अवधिभर पुराना गाडीहरुको उत्कृष्ट मूल्याङकन हुनुका साथै सहज फाइनान्सको पनि सुविधा रहनेछ । कम्पनीका अनुसार यी सुविधाहरुमा शर्तहरु लागू हुनेछन् । यसै योजना अवधिभर अन्य सुविधाका साथै दिइने निःशुल्क एक्सेसोरिज र आकर्षक गिफ्टहरुले भने यो जाडोयामलाई पक्का उपहार र उत्सवमय बनाउने कम्पनीको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment