Comments Add Comment

राष्ट्रिय झण्डा बोकेर पदयात्रा थालेका शिल्पकार मोरङमा

११ पुस, विराटनगर । राष्ट्रिय झन्डाको महत्व बुझाउने भन्दै मेची–महाकाली पद यात्रामा निस्किएका लक्ष्मीनारायण शिल्पकार मोरङ आइपुगेका छन् । भक्तपुरका स्थायी वासिन्दा ६२ वर्षका शिल्पकारले पुस १ गतेदेखि राष्ट्रिय झन्डा लिएर महाकालीबाट यात्रा सुरु गरेका थिए ।

आठ दिनको पैदल यात्राको क्रममा मोरङको बेलबारी आइपुगेका शिल्पकारले भने ‘राष्ट्र र राष्ट्रिय झण्डाको महत्व सबै देशबासीले बुझनु पर्छ, अनि मात्र देश विकासले गति लिन्छ ।’

१२ फिट अग्लो राष्ट्रिय झन्डा बोकेका शिल्पकारले यात्रा १० दिनभित्रमा तय गर्ने लक्ष्य राखेका छन् । पैदल यात्रा गरे पनि उनले जंगल क्षेत्रको बाटोमा मोटरसाइकलमा लिफ्ट मागेर यात्रा गरेका छन् । १२ हजार रुपैयाँमा मेची महाकाली यात्रा सक्ने लक्ष्य राखेका शिल्पकारले यात्राको बसाइको क्रममा होटलमा बास बस्ने र आफ्नै पैसाले खाना खाने गरेका छन ।

मेची महाकाली पद यात्राका निस्कनु अगावै उनले पुस १ देखि ३ गतेसम्म तीन दिनमा उपत्यकाका तीन जिल्ला ललितपुर भक्तपुर र काठमाडौ घुमेका थिए ।

काठमाडौंबाट महाकलीको महेन्द्रनगर बस चढेर पुगेका उनले पुस ४ गतेदेखि महाकालीको आठ नम्बर पिलरबाट पैदलयात्रा सुरु गरेका छन् । पैदल यात्राको क्रममा बाटोमा उनीसंग सेल्फी खिच्नेको भीड लाग्ने गरेको उनले अनुभव सुनाए ।

विगत १२ बर्षदेखि उनी राष्ट्रिय झन्डा पहराउदै हिँड्ने गरेका थिए । २०७२ साल चैत्र २८ गते रारा तालमा उनले बोकेको राष्ट्रिय झन्डासँग तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले फोटो खिचाएका थिए ।

पूर्वी नेपालको सीमा नाका काकडभिटामा पुगेर बसमा काठमाडौं फर्किने शिल्पकारले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment