Comments Add Comment

सफाइ अभियन्ता राजमान मानव

१२ पुस, वीरगञ्ज । ‘म नेपाललाई मात्र होइन, विश्वलाई नै सफा बनाउँन चाहन्छु । फोहोर बढार्दै गर्दा देह त्याग गर्न पाउँ भन्ने इच्छा राख्छु ।’ २०६७ भदौंबाट सफाइ अभियानमा जुटेका काठमाण्डौं, किर्तिपुरका ५४ वर्षीय राजमान मानवको भनाइ हो यो ।

हामी नेपाली आफ्नो घर त सफा राख्छौं, आँगनभन्दा परतिरको फोहोर हटाउँनेमा कमै रुची राख्छौं । सफाई गरिहाले पनि कहिले काहि सरसफाई अयिभान चलेको बेला मात्र । कतिपयले त त्यो पनि आत्माप्रचारको लागि गरिरहेका हुन्छन् । राजमान मानव भने त्यसभन्दा अलग छन् ।

चुपचाप सडक, पाटी-पौवा, मठमन्दिर सफा गरिरहेको भेटिन्छन् । त्यो पनि देशभर, कहिले कहाँ, कहिले कता । जहिल्यै सेतो पोसाक, सेतै पन्जा, टोपी र मास्क लगाएर एकसुरले झाडु चलाईरहेका भेटिन्छन् । सरसफाईलाई जीवनको लक्ष्य बनाएका उनी यो साता वीरगञ्जका सडक-गल्लीमा छन् ।

फोहोर सफा गर्दै सरसफाइ सम्बन्धी चेतना फैलाइरहेका उनी २०७८ सालसम्म नेपाल र २०८४ सम्म विश्वभरका मानिसमाझ आफ्नो सन्देश पुर्‍याईसक्ने बताउँछन् । नेपालका ६२ वटा नगरपालिका र बंगलादेश समेत पुगेर सरसफाइ चेतना फैलाएका उनी अबको तीन वर्षमा नेपाललाई फोहोरमुक्त बनाउन सकिनेमा विश्वस्त छन् ।

मानवलाई ४३ वर्षीया सुशीला महर्जनले साथ दिएकी छन् । उनीहरू बिहान ७ देखि साँझ ५ बजेसम्म सफाइमा खटिन्छन् । मानवको उद्देश्य सही लागेर सफाई अयिभानमा साथ दिएको महर्जनले बताइन् । आफ्नो गाउँ-सहर आफैंले सफा राख्नुपर्छ भन्ने भावना आएपछि जता पनि सफासुग्घर हुने उनको भनाइ छ ।

तर, वीरगञ्जमा घरमाथिबाट सडकमा फोहोर फालेको देख्दा आफुहरुलाई अचम्म लागेको उनीहरुले बताए । ‘धार्मिक रुपमा पनि जहाँ फोहोर छ, त्यसलाई नर्क भनिन्छ’, मानवले भने, ‘बाचुञ्जेल नर्कमा बसेर मरेपछि स्वर्ग जान्छु भन्ने सोच्नुको कुनै अर्थ छैन’

वीरगञ्ज पछि यी दुई अभियन्ता जनकपुर जाने छन् । उनीहरु यसअघि पनि जनकपुर गएर सफाइ अभियान चलाएका थिए, तर सोचेजस्तो परिणाम आएन । ‘फोहोर गर्न नछाडे जति सफाई गरेपनि सफा हुँदैन’, मानव भन्छन्, ‘विकसित मुलुकहरु किन सफा छन् भने उनीहरु फोहोर नै गर्दैनन् । अब नेपालीहरुले पनि फोहोरी परिचयलाई फोहोरसंगै फाल्नुपर्छ ।’

शहर सफा राख्ने तीन उपाय

मानव र महर्जनले सहर सफा राख्ने तिन उपाया सुझाउँदै आएका छन् । त्यसमध्ये पहिलो हो- शुल्क सहितको फोहोर व्यवस्थापन । विकसित मुलुकहरुले यस्तै अभ्यास गरेको उनीहरुको भनाइ छ ।

यो प्रणालीमा नगरबासीले सफाईको काम नगरपालिकाको हो भनेर फोहर गर्न मिल्दैन । नगरपालिकाले नगरवासीबाट निश्चित शुल्क लिएर फोहोर व्यवस्थापनमा खर्च गर्नुपर्छ । ‘वीरगञ्ज महानगरपालिकामा सबभन्दा धेरै कुचिकार रहेछन्, तर बढी फोहर पनि यही देखियो’, मानव भन्छन्, ‘यसरी जति लगानी गरे पनि हुँदैन, सोच र शैली नै बदल्नुपर्छ ।’

उनको भनाइमा, सहर सफा राख्ने दोस्रो उपाया हो- डष्टविन र कुचिकार नराख्ने । फोहोर संकलनकर्ता सिठ्ठी बजाउँदै आएपछि सहरवासीले फोहोर लगेर दिने । ‘लाखौंले जथाभावी फोहोर गर्ने अनि सय-पचास कुचिकारले सफा गरेर साध्य लाग्दैन’, मानव भन्छन्, ‘नगरपालिकाहरुले अब सरसफाई रणनीति नै बदल्नुपर्छ ।’

उनका अनुसार, बहालमा बस्नेहरुलाई सफाइ अनुशासनमा राख्नु सहर सफा राख्ने तेस्रो राम्रो उपाया हुनसक्छ । यस्तो अनुशासनमा घरबेटीलाई भाडा दिएकै छौं भनेर सरसफाइमा लापरबाही गर्न पाइँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment