Comments Add Comment

आयल निगमको कार्यकारी निर्देशकको प्रतिस्पर्धामा ५ जना छनोट

१३ पुस, काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि खुला प्रतिस्पर्धामा ५ जना उम्मेदवार छनौटमा परेका छन् ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा गठित समितिले व्यक्तिगत विवरणसहित आवश्यक योग्यता पुगेका आधारमा ५ जनाको नाम पहिलो चरणमा छनौट गरेको हो ।

समितिले सुरेन्द्र पौडेल, रामप्रसाद धिताल, अनिल झा, तारानाथ पौडेल र लोकबहादुर खड्काको नाम ‘सर्ट लिष्ट’मा निकालेको हो । पौडेल उदयपुर सिमेन्ट कारखानाका महाप्रबन्धक हुन् भने धिताल वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक हुन् । त्यस्तै अनिल झा जनक शिक्षा सामाग्री केन्द्रका पूर्वमहाप्रवन्धक हुन् ।

पाँचै जनालाई वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले १९ गते अन्तरवार्ताका लागि बोलाएको मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए ।

पाँचैजनाले आआफ्नो कार्ययोजना पेश गरेपछि अन्तिम ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस हुनेछ । ती तीनमध्ये एक जनालाई मन्त्रिपरिषदले आयल निगमको कार्यकारी निर्देशमा नियुक्ति गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment