Comments Add Comment

रुसमा भयानक विष्फोट: कम्तिमा ४ को मृत्यु, ४० सम्पर्कविहीन

१७ पुस, काठमाडौं । रुसको माग्नितोगोर्स्क शहरको एक भवनमा विष्फोट हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ । ४० जना सम्पर्कविहीन छन् ।

४८ तले भवनमा मानिसहरुले नयाँ वर्ष मनाइरहेको बेला विष्फोट भएको थियो । विष्फोटका कारण दुई वटा फ्ल्याट पूरै क्षतिग्रस्त भएका छन् । यो भवनमा १२० जना मानिसहरु बस्दै आएका थिए । अधिकारीका अनुसार विष्फोटका कारण ग्यास पनि चुहिएको छ ।

भवनको भग्नावशेषबाट ५० जनालाई उद्धार गरिएको रुसी समाचार च्यानल वेस्तीले जनाएको छ । त्यसमा सात जना बालबालिका छन् । घाइतेहरुलाई अस्पताल पठाइएको छ ।

अझै केही व्यक्तिहरु भग्नावशेषमा पुरिएको अनुमान छ । उद्धारमा ढिलाइ भएमा मानवीय क्षति बढ्न सक्ने आशंका गरिएको छ । किनभने रुसको यो क्षेत्रमा न्यूनतम तापक्रम माइनस १७ डिग्री सेल्सियस छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटनास्थलको निरीक्षण गरेका छन् । उद्धार र राहत कार्यमा हरप्रकारले सहयोग गर्ने वाचा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment