Comments Add Comment

सकियाे भृकुटीमण्डपकाे जुत्ता, चप्पल मेला

१९ पुस, काठमाडौं । गत पुस १३ गतेवाट काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी बिहीबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेको उपस्थितिमा बिहीबार समापन गरिएको हो ।

‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’ भन्ने मूलनाराका साथ सम्पन्न प्रदर्शनीमा देशभरका विभिन्न साना, मझौला एवं ठूला उद्योगहरुद्वारा उत्पादित जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको १९१ वटा स्टलहरु प्रतिस्पर्धात्मक रुपमा रहेका थिए ।

उक्त प्रदर्शनीमा बिभिन्न सेलिब्रेटी, व्यबसायी, नेता, नियमक निकायका प्रतिनीधि लगायत १ लाख ५० हजार जनाले अवलोकन गरेको आयोजकले बताएको छन् ।

प्रर्दशनीको अन्तिम दिन आयोजन भएको समापन कार्यक्रममा बोल्दै फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनका अध्यक्ष कृष्णकुमार फुँयालले नेपालमा उत्पादित जुत्ता आन्तरिक तथा अन्तर्राष्ट्रिय बजार विस्तारका लागि व्यावसायिकरुपमा लागिपरेको बताए ।

‘हाम्रो पछिल्लो उत्पादन र उपभोगलाई हेर्दा क्रमशः आत्मनिर्भर बन्दै गएका छौँ, मागको ६० प्रतिशत धान्न सक्ने भएका छौ, यसले के सन्देश दिन्छ भने नेपाल जुत्तामा आत्मनिर्भर बन्दैछ’, उनले भने ।

उपभोक्ता, सरकार र सञ्चारमाध्यमको सहयोगले नै सफलता मिलेको उनको भनाइ छ । उत्पादित जुत्तामध्ये कच्चा पदार्थको आयात र चुनौती बन्दै गएको छ ।  आधुनिक निर्माण सामग्री, आवश्यक दक्ष जनशक्ति र कच्चा पदार्थको अभावमा जुत्ता चप्पल व्यवसायले अपेक्षित प्रगति गर्न नसकेको उनले बताए ।

उक्त समापन कार्यक्रमका प्रमुख अतिथी चन्द्र कुमार घिमिरेले भने, ‘यो औद्योगिक प्रदर्शनिले उपभोक्ता र व्यवसायी बीचको दुरी कम गरेको छ ।’

प्रर्दशनीको स्तर बढ्दै गएको देख्दा खुसी लागेको र आगामी दिनमा पन अझै सुधार गर्दै जान शुभकामना दिए । साथै, आगामी दिनमा प्रर्दशनिलाई सहयोग गर्ने बाचासमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment