Comments Add Comment

टुकुचा खोला सफा पार्न अत्याधुनिक ढल प्रशोधन केन्द्र

२९ पुस, काठमाडौं । सरकारले काठमाडौंको टुकुचा (ईचु) खोलामा नै ढल प्रशोधन केन्द्र बनाउने भएको छ । खोला आसपास बसेका बस्तीबाट निस्कने ढललाई व्यवस्थित गर्न पाइपलाइन बिछ्याउन सम्भव नदेखिएपछि खोलाको ढललाई सीधै प्रशोधन गर्ने गरी पानी उपचार केन्द्र बनाउन लागिएको हो ।

काठमाडौंमा अन्य नदीहरुको किनारमा दायाँ-बाँया ढलको पाइप बिछ्याउने काम भइरहँदा टुकुचामा भने यो सम्भव भएको छैन । बाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक आशिष घिमिरेका अनुसार टुकुचा खोलाबाट बग्ने फोहोर पानीलाई प्रशोधन गर्ने गरी टुकुचा क्षेत्रमै प्रशोधन प्लान्ट बनाउन करिब एक महिनाभित्रै टेण्डर आह्वान गरिँदैछ ।

‘टुकुचासँगैका घरहरुलाई मुआब्जा दिएर ढल बछि्याउने कमा गर्न निर्क खर्चिलो हुने देखियो, त्यसैले सो खेलाको सबै पानीलाई प्रशोधन गरेर छाड्ने गरी यसको डिजाइन भएको छ,’ उनले भने,’अरु सबै तयारी पनि सकिएको  छ । अब टेण्डर गरेर प्रशोधन केन्द्रको निर्माण थाल्छौं । ‘

उनले टुकुचामा बन्ने प्रशोधन केन्द्र अन्यत्रको भन्दा निकै आधुनिक हुनेछ । यसको निर्माण गर्न करिब साढे ३ अर्ब रुपैयाँ लाग्ने अनुमान  छ ।

‘टुकुचामा बर्षाबाहेकको अधिकांश समयमा ढल मात्रै बग्छ,’ घिमिरेले भने,’त्यसै यसलाई ढलरहित बनाउन प्रशोधन केन्द्र निर्माणको तयारी गरेका हौं ।’

टुकुचा खेाला काठमाडौंको सबैभन्दा प्रदुषित मानिन्छ । खेालसागै बसेका बस्तीबाट सीधै यहाँ ढण्ल मिसाइन्छ । जसले गर्दा टुकुचाको सभ्यता संकटमा परेको  छ ।

यो खेालालाई पुनर्जीवन दिन कुसुंगालचोकभन्दा तल उपलब्ध सरकारी जग्गामा प्रशोधन केन्द्र निर्माण्को तयारी  छ । यो प्लान्टलाई दुर्गन्धरहित र व्यवस्थित रुपमा सञ्चालन गरिने समितिले जनाएको  छ ।

हाल काठमाडढौंका सबैनदी, खोला र नाललाई ढलमुक्त बनाउन ह्युमपाइपहरु बिछ्याउने कमा भइरहेको छ । बागमतिमा करिब ९० प्रतिशत काम सकिएको छ भने विष्णुमतिमा भने ४० प्रतिशत मात्रै काम भएको छ ।

यस्तै हनुमन्ते, मनोहरा, नख्खु, धोबीखोला लगायतकामा पनि ढल बिछ्याउने काम तीव्र रुपमा भइरहेको समितिले जनाएको छ ।  तर, बजेट पर्याप्त नहुादा आयोजनाहरुमा समस्या पनि छ ।

यसरी खोला किनारमा बिछ्याइएका ढललाई प्रशोधन केन्द्रसम्म पुर्‍याएर प्रशोधनपछि मात्रै नदीमा सफा पानी मिसाउने योजना छ ।

उपत्यकाका नदीको फोहोर पानी सफा पार्न गुह्येश्वरीमा एउटा प्रशोधन केन्द्रको निर्माण अन्तिम चरण्ममा पुगेको छ भने थप तीन वटा प्रशोधन केन्द्र बन्ने गरी शिलान्यास भइसकेको  छ ।

दुई हप्ताअघि ललितपुरको बालकुमारीस्थित कोड्कु, धोबीखोलामा बन्ने प्रशोधन युनिटको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । झण्डै ४ अर्बको लागतमा बन्न लागेका यी परियोजनाबाट प्रशोधित पानी पिउन नमिले पनि अन्य प्रयोगमा ल्याउन सकिनेछ । स्वचालित यी आयोजनाबाट पानी मात्रै सफा हुने छैन, उर्जा, बायोग्यास, मलसमेत निकाल्ने योजना छ ।

सबै फोहर पानी प्रशोधन केन्ऽबाट ढल प्रशोधन गरी नदीमा सफा पानी बिसर्जन गर्ने लक्ष्य छ । यसबाट नदीको प्रवाह र गुणस्तरमा सुधार आउने अपेक्षा छ । फोहर पानी प्रशोधन प्रक्रियामा उत्पन्न हुने मिथेन ग्यासबाट केही प्रशोधन केन्द्रमा बिजुली निकाल्ने योजना छ । प्रशोधनका क्रममा निस्किने लेदोलाई थप प्रशोधन गरी मलको रुपमा प्रयोग गर्न सकिने बताइएको छ ।

यी आयोजनाबाट उपत्यकाका सम्पूर्ण नदीहरुको वातावरणीय अवस्थामा सुधार आई जैविक विविधता, मनोरञ्जनात्मक क्रियाकलाप र पर्यटन उद्योगको विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । आधुनिक प्रशोधन केन्द्रहरुमा दुर्गन्ध फैलिने भाग छोपिने र अत्याधुनिक प्रविधियुक्त फिल्टरहरु समेत जडान गरिने हुँदा वरपर दुर्गन्ध नफैलिने दाबी गरिएको छ ।

प्रशोधन केन्द्रमा ढल पुगेपछि त्यसलाई विभिन्न चरणमा प्रशोधन गरिनेछ । ढल प्रशोधन गर्दा निस्कने ग्यासलाई प्रयोग गरेर बिजुली निकालिने छ । र, उत्पादित बिजुली प्रशोधन केन्द्रको सञ्चालनमा नै उपयोग गर्ने योजना बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment