Comments Add Comment

डा. केसीलाई अस्पताल लगियो, अनसन जारी

३० पुस, इलाम । आफूसँग भएको सहमति कार्यान्वयनको माग राख्दै ६ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीलाई जिल्ला अस्पताल इलाम लगिएको छ ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयको पुरानो कार्यालय फूलगाहीमा अनसनरत डा. केसीलाई सोमबार विहान अस्पताल लगिएको हो । डा. केसीको खस्किँदो स्वास्थ्य र चिकित्सकहरको आग्रहमा अस्पताल लगिएको इलाममा रहेका डा. अभिशेकराज सिंहले जानकारी दिए ।

डा. केसीको अनसन भने जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment