Comments Add Comment

मकवानपुरमा खोटोसहित ट्रक नियन्त्रणमा

३० पुस, हेटौंडा । लामो समयदेखि मकवानपुरको सरकारी तथा सामुदायिक वनमा भैरहेको अबैध खोटो संकलनमा मकवानपुरको कैलाश गाउँपालिकाले चासो देखाएको छ ।

गाउँपालिकासँग समन्वय नगरी अनाधिकृतरुपमा खोटो संकलन भएको भन्दै प्रहरीको सहयोगमा एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

गाउँपालिकामा सूचीकृत नभएरै जथाभावी खोटो संकलन गरिरहेको पाइएपछि आइतबार खोटोलोड भएको ना५ख ७७४ नंम्बरको ट्रक गाउँपालिकासँगको समन्वयमा भार्ता प्रहरी चौकीले नियन्त्रणमा लिएको हो ।

कैलाश गाउँपालिका -३ खिर्कीबाट सल्लाको खोटो लोड गरी हेटौंडा जाने तयारी रहेको ट्रक नियन्त्रणमा लिएको हो ।

केही वर्षदेखि कैलाश गाउँपालिकाको वडा नं १, २, ३ र ८ नं वडामा नियमित रुपमा खोटो संकलन हुँदै आइरहेको छ ।

वातावरणीय प्रभाव मूल्यांकन नगरी जथाभावी रुपमा खोटो संकलन भइरहेकोमा त्यसलाई व्यवस्थित गर्ने तयारी गाउँपालिकाले गरेको अध्यक्ष टंकबहादुर मुक्तानले बताए ।

उनका अनुसार गाउँपालिकाले गाउँसभाबाट पारित आर्थिक ऐन २०७५ ले खोटो संकलन कार्यको लागि बैधानिक व्यवस्था गरेको छ । तर, खोटो संकलक र्फम वा व्यक्तिले सूचिकृत बिना खोटो संकलन गर्ने गरेको पाइएको छ ।

आर्थिक ऐन २०७५ को दफा ६ को अनुसची ५ बमोजिम खोटो तथा जडिबुटीहरुे संकलन गर्न पाउने कानुनी व्यवस्था छ । जसअनुसार प्रतिकेजी ५० रुपैयाँ राजश्व गाउँपालिकालाई बुझाउनुपर्ने हुन्छ । तर, हालसम्म कुनै पनि खोटो संकलकले गाउँपालिकामा र्फम सूचीकरण नगरेको र करसमेत नतिरेको पाइएपछि ट्रकसहितको खोटो नियन्त्रणमा लिइएको अध्यक्ष मुक्तानले बताए ।

सानासाना रुखहरुमा समेत खोटो संकलनका लागि घाउ बनाएर ट्यांकीहरु झुन्ड्याइँदा सल्लाका बिरुवाहरुलाई असर परेको भन्दै सो कार्यको स्थानीय स्तरमासमेत बिरोध हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment