Comments Add Comment

पर्वत बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, ३१ घाइतेको उपचार हुँदै

३ माघ, पर्वत । पर्वतमा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस बिहीबार बिहान पर्वतको कुश्मा नगरपालिका–१, मालढुङ्गामा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, बागलुङले ७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । यद्यपि, उनीहरुको सनाखत हुन भने बाँकी छ ।

दुर्घटनामा ३१ जना घाइते भएका छन् । गम्भीर घाइते दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पताल लगिएको छ भने थप तीन जनालाई उपचारका लागि काठमाडौँ पठाउने तयारी गरिएको छ ।

अन्य घाइतेहरुको धौलागिरि अञ्चल अस्पतालमा उपचार गरी थप उपचारका लागि एम्बुलेन्समार्फत पोखराको मणिपाल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान प्रहरीले गरेको छ ।

दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment