Comments Add Comment

सिरानचोकका युवाको एम्बुलेन्स संचालन अभियानमा प्रवासीको साथ

अमेरिका / गोरखाको सिरान्चोक गाउँपालिका-७ उपल्लो गोहोरेका युवाहरूले गाउँमा एम्बुलेन्स सेवा सञ्चालनका लागि अभियान सुरू गरेका छन् ।

बिरामीलाई घन्टौंसम्म डोकोमा बोकेर उपचारका लागि अस्पताल लैजानुपर्ने बाध्यताबाट मुक्त हुन युवाहरूको सक्रियतामा एम्बुलेन्स सञ्चालन गर्न देशविदेशमा अभियान सञ्चालन गरिएको हो ।

वि.स. २०४८ सालदेखि सक्रिय सिर्जनशील ग्रामीण युवा समाज नामक संस्थामार्फत युवाहरूले अभियान चलाएका हुन् ।

गत तिहारमा काठमाडैंमा देउसीभैलो खेली चार लाख ८२ हजार संकलन गरिसकेका छन् । स्थानीयस्तरमा र चितवनमा संस्थाका संस्थापक ठाकुर पाण्डेको संयोजनमा स्वेच्छिक चन्दा संकलन कार्य भइरहेको छ ।

विदेशमै सहयोग संकलन अभियान

विदेशमा कार्यरत सिरानचोकवासीहरूले पनि अभियानै संचालन गरी एम्बुलेन्स खरिदका लागि विदेशमै सहयोग संकलन गरिरहेका छन् ।

जापानबाट ऋषी राम ढकाल, सुजन घिमिरे र गोबीन्द पाण्डे, अमेरीकाबाट उषा पाण्डे, युएईबाट गोबिन्द ढकाल, बिष्णु धिताल र पशुपति पाण्डे, युकेबाट यदु पाण्डेहरूले अभियाननै चलाएका छन् भने कोरीयबाट बिक्रमराज पाण्डे, रामचन्द्र ढकाल र ज्ञानेन्द्र ढकाल, मलेशीयाबाट प्रेम पाण्डे र प्रेम भट्ट, मालदीप्सबाट काजीराम थापा र रमा ढकाल, साउदी अरबबाट मधुसुदन पाण्डे र अञ्जन पोखरेल, कतारबाट सिलाश कंडेल र शंकर ढकाल, स्पेनबाट दुर्गा ढकाल, इटलीबाट सुस्मिता पाण्डे, अष्ट्रेलियाबाट शुधिर भट्ट र निर्मल ढकाल, कुबेतबाट भिमसेन थापा, बहराइनबाट सुर्य कुमार ढकालहरूले ब्यक्तिगत सहयोग गरी हालसम्म कुल ८ लाख ३१ हजार रूपैयाँको प्रतिबद्दता आएको सिग्रायुशका नवनियुक्त उपाध्यक्ष सुरेश शर्मा ढकालले जानकारी दिए ।

सिरानचोकमा स्थानीय समुदायले एम्बुलेन्स नहुँदा गर्भवती महिलाहरू र अन्य बिरामीहरूलाइ अस्पता पुर्‍याउन मुस्किन हुने गरेको छ । एम्बुलेन्स सेवा नभएकै कारण कतिले ज्यान गुमाउनु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment