Comments Add Comment

काठमाडौं-१८को नयाँ वडा कार्यालय भवन बन्दै

मेयर शाक्यबाट सोमबार शिलान्यास

७ माघ, काठमाडौं । महानगरको वडा नं. १८ को कार्यालय भवन पुननिर्माण शुरु भएको छ । सोमबार विहान महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले जग पूजा तथा शिलान्यास गरेर पुननिर्माण कार्य औपचारिक रुपमा अघि बढाए ।

जग पूजा तथा शिलान्यासपछिको संक्षिप्त प्रतिक्रियामा मेयर शाक्यले व्यवस्थित र सुरक्षित ठाउँमा सेवा लिन पाउने नागरिकको अधिकार सुरक्षित गर्नु आˆनो दायित्व भएकोले वडा भवन निर्माणलाई प्राथमिकतामा राखिएको बताए ।

‘वडाको आˆनै व्यबस्थित भवन भएपछि, शुशासनका अन्य सूचकमा सुधार गर्न सकिन्छ । सेवा दिने ठाउँ नै नहुनुचाहिँ समस्या हो,’ मेयर शाक्यले भने ।

वडा भवनको ढाँचा मौलिक र परम्परागत शैलीको हुनेछ । भवन निर्माणका विषयमा कुरा गर्दै वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले, वडा भवन बाहिरबाट हेर्दा परम्परागत शैलीको हुने र भित्री संरचना बलियो हुने बताए ।

नरदेवी मन्दिरबाट ताम्सिपाखा जाने सडकको बायाँतर्फ नरदेवी आयुर्वेदिक अस्पतालसँगै साविककै ठाउँमा भवन निर्माण हुनेछ । भवनको प्लिन्थ एरिया ३०० स्क्वायरफिट को हुनेछ भने कुल ˆलोर एरिया १०५० स्क्वायर फिट हुनेछ ।

भवनको डिजाइन सम्बन्धि जानकारी दिँदै इञ्जिनियर गौरव श्रेष्ठले भने,’यो भवन डिजाइन गर्दा मौलिकतालाई ध्यानमा राखिएको छ ।’

वडा भवन निर्माणका लागि माउन्टेन टु तराई कन्स्ट्रक्सनले भ्याटबाहेक ३५ लाख ४३ हजार ४४३ रुपैयाँ २० पैसामा कार्य सम्पन्न गर्न कबोल गरेको छ । यसको निर्माण कार्य २०७६ साल कार्तिक ६ गतेभित्र भइसक्नेछ ।

भवन निर्माणको लागत हनुमानढोका दरबार संरक्षण कार्यक्रमले व्यहोर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment