Comments Add Comment

यस्तो बैंक, जहाँ केवल भगवान रामको मुद्रा चल्दछ

भारतको प्रयागराजस्थित कुम्भ मेलामा एउटा अनौठो बैंकले धेरैको ध्यान तानेको छ । उक्त बैंकमा तपाईंले चलन चल्तीका भारु दिन आवश्यक छैन । किनकि त्यहाँ भगवान रामका विशेष मुद्रा मात्र चल्दछन् । कुम्भ मेलाको सेक्टर ६ मा उक्त बैंक सञ्चालित छ ।

उक्त राम नाम बैंकमा कुनै एटीएम वा चेकबुक चल्दैछ । त्यहाँ भगवान रामको मुद्रा चल्दछ र ब्याजको रुपमा आत्मिक शान्ति मिल्दछ ।

उक्त बैंकमा आत्मिक शान्तिको खोजी गरिरहेका मानिसहरुले करीब एक शताब्दीदेखि पुस्तिकाहरुमा भगवान रामको नाम लेखेर जम्मा गराउँदछन् ।

२० औँ शताब्दीको सुरुवातमा उक्त बैंक स्थापना गरिएको हो । अहिले बैंक संस्थापकको नाति पुस्ताले बैंक हाँकिरहेको छ ।

अहिले उक्त बैंकमा विभिन्न उमेर तथा धर्मका एक लाखभन्दा धेरैले खाता खोलेका छन् । राम नाम सेवा संस्थान नामक परोपकारी संस्थाको मातहतमा उक्त बैंक चलिरहेको छ ।

बैंकमा कुनै मौद्रिक लेनदेन हुँदैन । यसका सदस्यहरुसँग ३० पेजको एक पुस्तिका हुन्छ । जसमा १ सय ८ महलमा प्रतिदिन १ सय ८ पटक राम राम लेख्नु पर्दछ ।

उक्त पुस्तिका व्यक्तिको खातामा जम्मा गरिन्छ । उक्त खातामा भगवान रामचन्द्रको नाम चाहिँ रातो रङमा लेखिन्छ । किनकि त्यो प्रेमको प्रतीक हुन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment