Comments Add Comment

ऊर्जामन्त्री पुन र जापानी प्रतिनिधिमण्डलबीच भेटवार्ता

१० माघ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालको भ्रमणमा रहेको जापानी प्रतिनिधीमण्डलबीच भेटवार्ता भएको छ । जापानको कृषि तथा वन मन्त्रालयका अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले बिहीवार सिंहदरवारस्थित ऊर्जामन्त्रालयमा भेटवार्ता गरेको हो ।

भेटमा ऊर्जामन्त्री पुनले जापान नेपालको पुरानो विकास साझेदार मुलुक भएको भन्दै नेपालको विकासमा जापानले गर्दै आएको सहयोगप्रती धन्यवाद ज्ञापन गरे ।

उनले उर्जा र जलस्रोत मन्त्रालयमातहतका विभिन्न आयोजनमा जापानले गर्दै आएको  प्राविधिक र आर्थीक सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोग निरन्तरता हुने विश्वास व्यक्त गरे ।

नेपालको कृषि क्षेत्रको विकासको लागी सिँचाइको महत्वपूर्ण भुमिका हुने भन्दै मन्त्री पुनले त्यसका लागी मन्त्रालयले भेरी ववई,रानी जमरालगायतका केही ठूला आयोजना अघि बढाइरहेको जानकारी दिए ।

‘हामीले बर्षभरी नै सिँचाइ गर्न सजिलो होस् भनेर केही ठुला आयोजनाहरु अघि बढाएका छौं, हाम्रो भुगोल सुहाउंदो सिँचाइको प्रविधी खोज्न पनि मैले मातहतकालाई निर्देशन दिएको छु, तपाइर्ंहरुजस्ता विज्ञहरु आउंदा यो क्षेत्रको प्रविधिको अध्ययन र अनुसन्धानमा सहयोग होस् भन्न चाहन्छु,’ भेटमा मन्त्री पुनले भने ।

मन्त्री पुनले जलउत्पन्न प्रकोप नियन्त्रयण केन्द्र स्थापना गर्न जापानले सहयोग गरेको जानकारी दिँदै सिंचाई र उर्जा क्षेत्रको अध्ययन अनुसन्धानमा आगामी दिनमा समेत सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

अन्र्तराष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामीले जापानले नेपाललाई आर्थीक र प्राविधीक सहयोग गर्दै आएको जानकारी दिँदै आगामी दिनमा अझै सहयोग गर्न जापान सरकार तयार रहेको बताए । उनले नेपाल कृषी प्रधान देश रहेको भन्दै कृषी क्षेत्रमा सहयोग गर्न आफुहरु तयार रहेको धारणा राखे ।

‘नेपालमा के कस्ता सम्भावनहरु छन्, हामी त्यसको अध्ययन, अनुसन्धानको लागी अहिले नेपालको भ्रमणमा आएका छौं, जापानको निजी क्षेत्र पनि यहा लगानी गर्न इच्छुक छ,’ उपमहानिर्देशक ताकामीले भने ।

उनले सिँचाइ र पानीको क्षेत्रमा जापानको लामो अनुभव भएको भन्दै त्यसको ज्ञान वाड्न आफुहरु इच्छुक रहेको बताए । भेटमा नेपालका लागि जापानी राजदूत मसामिची सैगो समेत सहभागी थिए ।

उहाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका जापान भ्रमण र जापानी परराष्ट्रमन्त्रीको नेपाल भ्रमणको वेला कृषी क्षेत्रमा सहकार्य गर्ने सहमति भएको भन्दै यो भ्रमणदल नेपाल आउनु त्यसको निरन्तरता भएको जानकारी दिए ।

भ्रमण दलमा कृषि मन्त्रालयमा कार्यरत उच्च अधिकारीका साथै,सिंचाई क्षेत्र हेर्ने इन्जिनियर, वन विज्ञ र निजि क्षेत्रका व्यवसायी समेत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment