Comments Add Comment

सरकारले भन्यो : अधिनायकवाद भने भन्नुस्, चिकित्सा शिक्षा विधेयक पास हुन्छ

१० माघ, काठमाडौं । सरकारले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकले डा. गोविन्द केसीका मागहरु शत प्रतिशत पूरा हुने दाबी गरेको छ । साथै संसदबाट यो पास गरिछाड्ने सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रष्ट पारेका छन् ।

पछिल्लो मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बास्कोटाले विधेयक फिर्ता लिने वा हुने सम्भावना नरहेको प्रष्ट पारे ।

प्रस्तावित विधेयकले जनतामुखी थुप्रै व्यवस्था गरेको भन्दै उनले कतै डा. केसीलाई गुमराहमा राख्न खोजिएको त छैन भन्ने प्रश्न गरेका छन् । उनले भने, ‘यो विधेयक डाक्टरसा’बले पढ्न पाउनु भएको त छ ? अर्कै पढ्न दिइएको त छैन ?’

डा. केसीले विधेयक जनतामुखी, विद्यार्थीमुखी भएन भनेर सांसदहरुलाई लेखेको पत्रतर्फ संकेत गर्दै उनले ‘हावामा तरबार चलाएर निशाना नलाग्ने’ बताए ।

मन्त्री बास्कोटाले अघि भने, अरु मुद्दा किन मिसाइएको ? यति मेडिकल शिक्षाको सुधारतर्फ हो भने यति नै भविश्यका निम्ति पर्याप्त नहोला तर, आजको हकमा यो पर्याप्त छ । उहाँको मुद्दा सम्बोधन भएको छ । अनसन बस्न आवश्यक छैन ।’

सरकारले के गर्छ भन्ने प्रश्नमा सञ्चारमन्त्री बास्कोटाले अधिनायकवाद भने पनि, दुई तिहाईको दम्भ भने पनि चिकित्सा शिक्षा विधेयक पास हुने प्रष्ट पारे । उनले भने, ‘कुरा सिम्पल छ, सरकारले पेश गरेको छ, पास हुन्छ । इफ एण्ड बट छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment