Comments Add Comment

‘गीत गजल’को गीतमा रुप र आरोहीको रोमान्स

निर्देशक नितिन चन्दको निर्देशनमा तयार भैरहेको चलचित्र ‘गीत गजल’मा समावेश एक गीतको छायांकन भारतको गोवामा गरिएको छ । छायांकन भएको गीतमा चलचित्रका मुख्य कलाकारद्धय रुप पोखरेल र आरोही सिंहलाई फिचरिङ गरिएको छ । छायांकन भएको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत, सुरेश लामा र अन्जु पन्तको स्वर छ ।

‘छ कि छैन थाहा’ बोलको गीतको भिडियोको लोकेशन समेत आकर्षक देखाउन गोवा पुगेको निर्देशक चन्दले बताए । भिडियोमा निर्देशक आफैले कोरियोग्राफी गरेका छन् । आरोहण क्षेत्रीको लगानीमा तयार भैरहेको चलचित्रमा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतिक, आज्ञा करनजीत लगायतका कलाकारको मुख्य भूमिका छ । सुरेश काफ्लेले यो गीतको भिडियो खिचेका हुन् ।

चलचित्रमा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, अर्जुन जीसीको सम्पादन छ । लभ स्टोरी कथामा बनिरहेको चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment