Comments Add Comment

प्रदेश ५ सरकारको गाडी खरिद प्रकरण : अख्तियारले थाल्यो अनुसन्धान

१४ माघ, बुटवल । प्रदेश ५ सरकार र संसद सचिवालयका लागि खरिद गरिएका गाडीमा अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

प्रदेशसभाका विभिन्न समितिका सभापातिहरु र दलका नेताहरुका लागि खरिद गरिएको टाटा स्ट्रोम कम्पनीका गाडीको खरिद सम्बन्धमा अख्तियारले अनुसन्धान सुरु गरेको हो ।

प्रदेशको सार्बजनिक लेखा समितिले पनि उपसमिति बनाएर अनुसन्धान गरिरहेको छ । गाडी खरिदमा भएको अनियमितताबारे उजुरी परेपछि अख्तियारको कार्यालय बुटवलले अनुसन्धान सुरु गरेको हो । ‘सञ्चारमाध्यममा समाचार आएकैबेला हामीकहाँ एक उजुरीसमेत परेको थियो । त्यसको हामी अनुसन्धान सुरु गरिरहेका छौं,’ सूचना अधिकृत सुरेश भुषालले जानकारी दिए ।

पुस २७ गते बसेको सार्वजनिक लेखा समितिबाट गठित उपसमितिले कार्यलयमा भएको चारपाङ्ग्रे सवारी साधान खरिद सम्बन्धमा प्राप्त कागजातजहरु अध्ययन गरी प्रारिम्भिक प्रतिवदेन बुझाएको थियो ।. समितिले गाडी खरिद प्रकरणमा नियतमाथि शंका गर्दे ८ पृष्ठको प्रतिबेदन बुझाएको थियो ।

एकै समय खरिद गरिएका एउटै ब्रान्डका गाडीको फरक मूल्य चुक्ता गरेको पाइएपछि अनियमितता भएको भन्दै प्रश्न उठेको थियो ।
फरकफरक मूल्य चुक्ता गरिनुले नियतमै समस्या देखिएको उपसमिति संयोजक कुलप्रसाद पोखरेलको भनाइ छ ।

गाडी छनोटको लागत तयार गर्ने इन्जिनियर, कर्मचारी र खरिदकर्तासाग थप शोधपुछ गर्नुुपर्ने उनले बताए । ‘अझै समय र जनशक्ति जुटाएर अध्ययन गरेपछि थप तथ्य बाहिर आउनेछ ,’ उनले भने ।

सार्वजनिक लेखा समिति सभापति डिल्ली चौधरी र नेपाली कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले गाडी सचिबालयलाई फिर्ता गरेका थिए ।

प्रदेशसभा सचिवालयका लागि खरिद गरिएका १३ वटा गाडी मध्ये ११ वटा गाडी टाटा स्टोम गाडी हुन् । गाडीको बजार मूल्य भन्दा झण्डै ३ देखि ५ लाख महंगो मूल्यमा खरिद भएको छ ।

प्रदेश सभा र प्रदेश सरकारका लागि २२ करोड ७५ लाख ५७ हजार ९ सय ९९ रुपैयाामा गाडी खरिद गरेको हो ।

टाटा स्ट्रोम गाडी खरिदमा तीन थरी मूल्य देखिएको थियो । प्रदेशसभामा खरिद गरिएका गाडीको मूल्य एउटाको ७१ लाख ९५ हजार छ भने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा ७२ लाख ९९ हजार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा ७२ लाख ४२ हजारमा खरिद गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment