Comments Add Comment

के अब किरा-फट्यांग्रा हाम्रो मूख्य खान्की बन्नेछन् ?

एकातिर हामी आफ्नो मेनुबाट खानेकुरा कटौती गरिरहेका छौं । हामीले रेड मिट खान हटायौं । बोसोयुक्त खानेकुरा हटायौं । मासुजन्य कुरा हटायौं । दुधजन्य परिकार हटायौं । चिनी हटायौं । गहुँ हटायौं । चिल्लोचाप्लो कुरा हटायौं । चिल्लो-पिरो हटायौं ।

अर्कोतिर विश्वका कतिपय मुलुकले आफ्नो मेनुमा खानेकुरा थपेको थपेकै छन् । उनीहरुले आफ्नो खाद्य भण्डारमा चलनचल्तीका खानेकुरा मात्र होइन, किरा फट्याङ्ग्रा पनि सामेल गरिरहेका छन् ।

यसको अर्थ यो होइन कि, हामीले छाड्दै गएका खानेकुरा छाड्नै हुँदैन । किनभने ति खानेकुरा अस्वस्थ्यकर थिए । अहिले विश्वले खोजिरहेको खानेकुरा भनेका स्वस्थ्यकर हुन् । स्वस्थ्यवर्द्धक भएकाले नै ति खानेकुराको पहिचान गरिएको हो ।

अनौठो मान्नुपर्छ, हामीलाई जुन किरा-फट्याङ्ग्रा देखेर वान्ता आउँछ, अहिले कतिपय खाद्य बजारमा त्यही कुरा देखेर उपभोक्ताहरुको मुखमा पानी आउँछ ।

हामीलाई किरा देख्दा वान्ता हुन्छ तर लाखौ व्यक्ति त्यसलाई चपाएर खान्छन् । कतिपयका लागि यो करोडौंको कारोबार पनि हो ।

यी किरा-फट्यांग्रा प्रोटिनले भरिपूर्ण छन् र बीफ वा पोल्ट्रीको तुलनामा कम संसाधानमै पालन गर्न सकिन्छ ।

यदि मानिसले यी किरा फट्यांग्रा देख्दा घिनाउन बन्द गरे र खान थाले भने किरा खाद्य र कृषि क्षेत्रको ठूलो कारोबार बन्न सक्छ । पश्चिमी देशका मानिसहरुले किरा फट्यांग्रालाई सम्पूर्ण प्रोटिनको स्थायी स्रोतको रुपमा हेर्न थालेका छन् । यी साना किरामा पशुपंक्षीको प्रोटिन जस्तै अमिनो एसिड हुन्छ, जो मानव आहारका लागि आवश्यक हुन्छ ।

यद्यपी यो पौष्टिकताको विषय मात्र होइन, कीटपालन पर्यावरणका लागि पनि अनुकूल हुन्छ । यदि खान लायक किरालाई ठूलो मात्रामा पाल्ने हो भने पशुबाट मिल्ने प्रोटीन बराबर प्रोटिन प्राप्त गर्न सकिनेछ । यसका लागि बीफ, पोर्क वा पोल्ट्री उत्पादनभन्दा एकदमै कम प्राकृतिक संसाधन लाग्छ । साथै ग्रीनहाउस ग्यासको उत्सर्जन पनि कम हुनेछ । यसले पर्यावरणमा राम्रो प्रभाव पार्नेछ ।

कृषि क्षेत्रमा यसले ठूलो परिवर्तन ल्याउनेछ । किनभने यसका लागि ठूलो क्षेत्रफलको जमिन, अत्याधिक पानीको खपत हुँदैन ।

ठूलो कारोबार

अमेरिकी ग्लोबल मार्केट इनसाइट्सको रिपोर्ट अनुसार उच्च प्रोटिन र सुविधाजनक खाद्य पदार्थको बढ्दो मागको कारण खान लायक किराको बजार सन् २०१७ को ५ दशमलव ५ करोड डरलबाट बढेर सन् २०२४ मा ७१ करोड डलर हुनेछ ।

किरामा पनि फट्यांग्रा सबैभन्दा लोकपि्रय हुनेछ । यसको प्रयोग आटा र स्न्याक्समा हुनेछ ।

यसबाट के संभावना देखाएको छ भने, किटपालनको क्षेत्रमा क्रान्ति आउनसक्छ । यो कृषि क्षेत्रको एक अहंम हिस्सा पनि हो ।

किटपालनले एकदमै पौष्टिक चारोको अभाव पनि पूर्ति गर्नेछ । अन्य किसिमको चारोको तुलनामा किरा पालन एकदम सस्तो हुनेछ । र, त्यसका लागि आवश्यक संसाधन पनि कम लाग्नेछ ।

यस उद्योगको संभावनालाई देखेर अमेरिकाले एक नयाँ व्यापारिक संगठन द अमेरिकन कोलिशन फर इन्सेक्ट एगि्रकल्चरले एपफडिए र युएसडिएमा लबिङ पनि सुरु गरेको छ । यो संगठन चाहन्छ कि, किरालाई खाद्य पदार्थको रुपमा मान्यता मिलोस् । र, यसको उत्पादनको मानक तय होस् ।

यूरोपियन संघमा सन् २०१८ को नोवेल फूड रुल्स्ले मुख्यधारको खाद्य प्रशोधनमा किरालाई सामेल गर्नका लागि एक कानुनी ढाँचा बनाउन सुरु गरिसकेको छ ।

थाइल्यान्डको अभ्यास

विश्वका कतिपय भेगमा अहिले किरा फट्यांग्रा खान थालिएको छ । किराको अनेकन परिकार बनाउन थालिएको छ । ति भेगका लागि यो कुनै आश्चर्य वा नौलो कुरा रहेन ।

संयुक्त राष्ट्रसंघका खाद्य एवं कृषि संगठन (एफएओ)को अनुमान छ कि, विश्वभरमा करिब दुई अर्ब मानिसले आफ्नो खानामा नियमित रुपले किरा फट्यांग्रा सामेल गरिरहेका छन् ।

किरा खाने सन्दर्भमा थाइल्यान्ड एशियाको प्रमूख केन्द्र हो ।

थाइल्यान्डको चामल उत्पादक उत्तर-पूर्वी क्षेत्रबाट किरा खाने परम्परा सुरु भएको थियो । त्यहाँ रैथाने व्यान्जनमा किरालाई साइड डिशको रुपमा पस्किने गरिन्थ्यो ।

अहिलेसम्म पश्चिमी देशका केही उत्सुक पर्यटकले पनि यी व्यन्जन चाख्ने गरेका छन् । अहिले थाइल्यान्डले पश्चिमी देशमा खान लायक किरा निर्यात गर्ने तयारी गरिरहेको छ ।

सन् २०१७ मा थाइल्यान्डको फट्यांग्रा पालनको दिशानिर्देश तय गरेको छ, ताकि त्यसको सुरक्षित र कुशल उत्पादन हुन सकोस् ।

थाइल्यान्डका अधिकांश कीट फार्म साना छन्, तर शोधकर्ता र लगानीकर्ताले त्यसको उत्पादन बढाउने उपाय खोजिरहेका छन् ।

चियांग माईमा सन् २०१६ मा स्थापित फट्यांग्रा ल्याबमा स्वचालित प्रकियामाथि शोध भइरहेको छ । उक्त फार्मका सह संचालकले बताए अनुसार त्यहाँ आहिले हरेक महिना ३ दशमलव ५ टन किट उत्पादन क्षमता छ । अब माग बढ्ने प्रतिक्षा छ ।

भोजन भरपूर

एफएओका अनुसार विश्वभरमा बिटल्स र झुसिलकिरा सबैभन्दा बढी खाइने किरा हो । यद्यपी विकसित मुलुकमा फट्यांग्रा मूख्य परिकारको रुपमा लोकपि्रय छ ।

किराको बर्गर अर्थात इन्सेक्ट बर्गर र मीलवार्म नुडल्स केही युरोपिया सुपरमार्केटमा पाउन थालिएको छ । साथै फट्यांग्राले बनेको प्रोटिन बार युरोप र उत्तर अमेरिकाको बजारमा आम भएको छ ।

पश्चिमी मुलुकमा फट्यांग्रा निकै लोकपि्रय भएको छ । हुन त साङ्ला किरामा पनि धेरै प्रोटिन हुन्छ । त्यसलाई आटामा मिलाउन सकिन्छ । तर, साङ्लाको बारेमा नकारात्मक छवी जोडिएको छ ।

घाँसको मैदानमा खुला रुपमा हुर्किने फट्यांग्रा घरको कुनाकाप्चामा बस्ने साङ्लाभन्दा बढी सुपाच्य हुन्छ ।

वान्ता हुनसक्छ

हुन त मीलवार्म जस्ता किरामा त्यती नै प्रोटिन हुन्छ, जति फट्यांग्रामा हुन्छ । अलग परिस्थितीमा त्यसको उत्पादन पनि सजिलो ढंगले हुन्छ ।

समस्या चाहि के छ भने, यी किरालाई भोजनको रुपमा सबैले स्विकार गर्न सक्छ त ? पश्चिमी मुलुकमा यसको बजार विस्तार गर्नु चुनौतीपूर्ण छ ।

उपभोक्ताले जति सजिलै फट्यांग्रा खाइरहेका छन्, त्यसैगरी अन्य किरा ख्वाउनका लागि निकै प्रयास गर्नुपर्नेछ । त्यती सजिलै अन्य किरा खानाको रुपमा स्विकार नगरिन सक्छ ।

के हुन्छ फट्यांग्रामा ?

फट्यांग्रामा उच्च प्रोटिनका साथसाथै आइरन, क्याल्सियम र भिटामिन बि-१२ भरपुर मात्रामा हुन्छ । स्वास्थ्य, सक्रिय र फिट रहन चाहने व्यक्तिहरुका लागि यो एक उपयुक्त रोजाइ बन्न सक्छ । थाइल्यान्डको बजारमा यस्तो खान्की बिक्री हुन्छ । र, उनीहरुको ग्राहक भने गैर थाइ छन् ।

हुन त थाइल्यान्डका बासिन्दा फट्यांग्रा बाहेक अन्य किरा खान पनि अभ्यस्त छन् । उनीहरु डिप प|mाइ स्न्याक्सको रुपमा किरा खान्छन् ।

त्यसो त पश्चिमी मुलुकका कतिपय शाकाहारी मानिसहरु पनि किरा खान सुरु गर्दैछन् । उनीहरुलाई विश्वास दिलाइएको छ कि, फट्यांग्राले दुखाई अनुभव गर्दैन । हुन त यसलाई पुष्टि गर्ने रिसर्च अहिलेसम्म भएको छैन । यद्यपी वैज्ञानिकहरुले किरा कल्याणका शोध सुरु गरिसकेका छन् ।

विज्ञानको साथ छ

आर्नोल्ड वैन हुइस नेदरल्यान्डका एक विश्वविद्यालयका ट्रपिकल एन्टोमोलोजी प्रोफेसर हुन् । उनी किट आहारको बारेमा विश्वका उम्दा विशेषज्ञ हुन् ।

उनका अनुसार पछिल्लो दुई दशकदेखि खान लायक किराको बारेमा विज्ञानले धेरै रुची राखेको छ । त्यस अवधीमा खान लायक किराको बारेमा धेरे र तिब्र गतिमा परिवर्तन पनि आएको छ ।

सन् २०१६ देखि सन् २०१७ सम्म खान लायक किराको बारेमा जति एकेडेमिक पेपर प्रकाशित भए, त्यती अघिल्लो १० बर्षमा छापिएको थिएन ।

किराको बारेमा विज्ञानको रुची बढाउनुको मूख्य कारण हो, पर्यावरणिय स्थिरता । स्वस्थ्य र पोषणको हिसाबले किरा पनि प्रोटिन दिने अर्को जनवार जस्तै हो । यसको मूख्य फाइदा भनेको पर्यावरण हो ।

सबैको लागि फाइदाजनक

एफएओले किराले भोजनको आवश्यक्ता पुरा गर्ने र कुपोषणबाट मुक्ति दिलाउने उपायको रुपमा व्याख्या गरेको छ । अहिले पश्चिमा मुलुकमा किरा पालन गर्ने उन्नत विधीको खोजी भइरहेको छ । यसलाई किसानहरुले कुखुरा पाले जसरी पालोस् भन्नका खातिर किरा पालन विधीको अनेक प्रयोग र अभ्यास भइरहेको छ ।

भविष्यको खाना

के अब भविष्यमा किरा, फट्यांग्रालाई मूख्य भोजनको रुपमा स्विकार गरिनेछ ?

अहिले जुन रुपमा यसको अभ्यास र प्रयोग भइरहेको छ, त्यसलाई हर्दा यो प्रश्नको उत्तर ‘हो’ भन्ने आउन सक्छ । अहिले विश्वका कतिपय बजारमा किरा पस्कन थालिएको छ । किरा पाल्ने क्रम पनि सुरु भएको छ । यसका उपभोक्ता बढ्दैछन् । बैंककमा एक रेष्टुरेन्ट खोलिएको थियो, जहाँ त्यसका संचालकले घरेलु बगानबाट किरा पालेर त्यसको भोजन सेवन गराउँथे ।

नेदरल्यान्डको सुपरमार्केटमा इन्सेक्ट बर्गर पाउन थालिएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment