Comments Add Comment

भान्साको कुराः वहुगुणी र स्वादिलो पार्सले खाने कि ?

हेर्दा धनियाँ जस्तै देखिने बहुगुणी वनस्पती हो, पार्सले । यसलाई जडिबुटीकै श्रेणीमा राखिएको छ । हामी हरेक छाक खानेकुरामा यसलाई मिश्रण गर्न सक्छौ । किनभने यसको खास काम खानाको स्वाद बढाउने हो । तर, यसको औषधीय महत्व पनि कम छैन ।

पार्सले मध्य पूर्व, युरोप र अमेरिकामा खानाको स्वाद बढाउने प्रयोग हुने गर्दछ ।

भिटामिन  ‘सी’, भिटामिन ‘ए’, ‘ बी १२’ ‘के’,ले भरिपूर्ण  पार्सले स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।  यसमा फोलेट, क्याल्सियम, आइरन, केरोटिन, अमिनो एसिड, फ्याटी एसिड तथा फाइबर पनि पर्याप्त मात्रामा पाइन्छ ।

पार्सलेको सेवन फोक्सो,पेट, व्लाडर तथा कलेजोको लागि राम्रो मानिन्छ ।

पार्सलेलाई सुप, सलाद, तथा खानको स्वाद बढाउनका लागि पनि प्रयोग गर्न सकिन्छ । यसको सेवन गर्भवती महिलाहरुका लागि भने त्यती लाभदायक मानिदैन ।

प्रतिरोधी क्षमता बलियो बनाउँछ

पार्सलेमा भिटामिन सी, बी १२, के र ए हुन्छ । यसको मतलव के हो भने यसले शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ  र दिमागको नशालाई शान्त राख्छ ।

मिर्गौलाका लागि फाइदाजनक

यसले शरीरबाट अत्याधिक तरल पर्दाथलाई शरीरबाट बाहिर निकालेर मिर्गौलालाई स्वस्थ राख्न मद्दत गर्छ । पार्सलेमा अक्सालेट्स नामक तत्व हुन्छ, जसले मिर्गौला तथा गल व्लाडरको समस्या भएकाहरुलाई समेत समस्या पैदा गर्न सक्छ ।

उच्च रक्तचाप नियन्त्रित हुन्छ

नियमित रुपमा पार्सलेको सेवन गरेमा व्लड प्रेशर नियन्त्रित रहन्छ । यसमा रहेको फोलिक एसिड मुटुको लागि पनि फाइदाजनक मानिन्छ ।

कपाल र्झन कम गर्छ

पार्सले द्धारा तयार पारिएको तेल कपालमा लगाउनाले कपाल र्झन बन्द हुन्छ ।

जोर्नीको दुखाई कम गर्छ

यस जडिबुटीमा जोर्नीको दुखाई कम गर्ने तथा इन्फ्लेमेसन कम गर्ने गुण हुन्छ । यसको नियमित सेवनले दुखाई कम गर्न मद्दत मिल्छ ।

क्यान्सर

विभिन्न अध्ययनहरुले जनाए अनुसार पार्सलेको तेल प्रयोग गर्नाले क्यान्सर पैदा गर्ने कोशिका नष्ट हुन्छ । त्यसैले, यसलाई क्यान्सर निको पार्ने आहारको रुपमा सेवन गर्न पनि सल्लाह दिइने गरिन्छ ।

पेटको लागि राम्रो

पार्सलेको चिया पिउनाले पेटको समस्या कम हुन्छ  । यसले भोजन पचाउन समेत मद्दत गर्छ ।

संक्रमणबाट बचाउँछ

पार्सले भिटामिन ‘ए’को राम्रो स्रोत हो । यसको सेवनले भिटामिन ‘ए’ को   कमीका कारण लाग्ने विभिन्न रोगबाट बच्न सकिन्छ ।

आन्द्राको क्यान्सरको जोखिम घटाउँछ

पार्सलेमा रहेको माइसिरस्टिसिनले चूरोटको धुवाँमा रहेको क्यान्सर पैदा गर्ने बैंजोपायरीनलाई प्रभावहीन बनाउँछ । जसले ठूलो आन्द्रा तथा प्रोस्टेट ग्लाण्डको क्यान्सरको खतरामा उल्लेख्य रुपमा कमी आउँछ ।

हड्डी मजबूत बनाउँछ

पार्सलेमा विटामिन ‘के’ हुन्छ , जुन अस्टियोक्याल्सियमको संश्लेषणको लागि आवश्यक छ । यसको अतिरिक्त, भिटामिन ‘के’ले टिस्यूमा क्याल्सियम जम्नबाट रोक्छ र स्ट्रोक, आर्थोस्क्लेलेरोसिस तथा रक्तसंचरण प्रणाली सम्बन्धि अन्य रोगबाट बचाउँछ ।

मुखको दुर्गन्ध हटाउँछ

भनिन्छ, पार्सले चपाउनाले, दुर्गन्धित मुखलाई ताजा बनाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment