+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

गोविन्द केसीको जीवन रक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ १७ गते १३:२९

१७ माघ, काठमाडौं । अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ ।

बैठक सुरु भए लगतै कांग्रेस सांसदहरु उभिएपछि सभामुखले कांग्रेस सांसद डा. मिनेन्द्र रिजाललाई बोल्न समय दिएका थिए । उनले   लगतै सांसदहरु उठेका छन् ।

सांसद रिजालले संसदबाट चिकित्सा शिक्षा गलत प्रक्रियाले पारित भएको भन्दै त्यसलाई परिमार्जन गरेर डा. गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने बताए । ‘गोविन्द केसीको ज्यान रक्षा गर्नुपर्छ, चिकित्सा जसरी यहाँबाट पारित भयो, त्यो गलत भयो, अब त्यसलाई परिमार्जन गरेर गोविन्द केसीको जीवन रक्षा हुने, चिकित्सा शिक्षा सुधार हुने बाटो बन्द नगरौं । राष्ट्रिय सभाले त्यो बाटोले लेओस् भन्ने सत्ताको आग्रह रहनुपर्छ’ उनले भने ।

उनले अब संवादबाट यो काम गर्न सकिने भन्दै त्यसको लागि वातावरण बनाउन सभामुखलाई आग्रह गरे । अब संवादको बाटोमा अगाडि बढौं, चिकित्सा शिक्षा परिमार्जन गर्ने बाटोमा सरकार अघि बढोस्’ रिजालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?