Comments Add Comment

नेपाल र यूएईबीचको खेल सुरु हुनुअघि वर्षा र चट्याङ्

२० माघ, काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो खेल सुरु हुनु अघि नै युएईमा वर्षा र चट्याङ परेको छ ।

वर्षा र चट्याङका कारण खेल केही बेर ढिलोगरी सुरु हुने भएको छ । दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा पानी परिरहेको छ । वर्षाकै कारण खेलाडीले वार्मअपसमेत गर्न पाएनन् ।

तीन खेलको टी–२० सिरिज अन्तर्गत नेपालले अन्तिम खेलमा आइतबार यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने चार विकेटले विजयी भएको थियो ।

सिरिजमा नेपाल र युएई १-१ खेल जित्दै बराबरीको अवस्थामा छन् । दुबै टिम आजको खेलमा जित हासिल गर्दै सिरिज आफ्नो पक्षमा पार्ने योजनामा हुनेछन् । खेल नेपाली समय अनुसार दिउँसो २ बजेर ४५ बजे सुरु हुनेछ ।

यसअघि सम्पन्न तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले यूएईलाई २–१ ले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment