
चितवन । १६ औं मेयर्स चितवन च्याम्पियनीसप ट्रफीको उपाधि चितवन क्रिकेट क्लबले जितेको छ ।
सोमबार नारायणगढको क्याम्पाचौरमा सम्पन्न फाइनलमा कलैया क्रिकेट क्लब बारालाई ५४ रनले हराउँदै चितवनले उपाधि उचालेको हो ।
उपाधिसँगै चितवनले १ लाख पाएको छ भने उपविजेता कलैयाले ५० हजार नगदमा चित्त बुझयो । म्यान अफ द सिरिज चितवनका दिपेश श्रेष्ठले पाउँदा बेस्ट बलर चितवनकै किशोर महतो घोषित भए । बेस्ट ब्याट्सम्यान धनगढी क्रिकेट एकेडेमीका राजु रिजाल घोषित भए ।
पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०९ रन बनाएको थियो । तर, जवाफी ब्याटिङमा उत्रिएको कलैयाले १२.३ ओभरमा सबै विकेट गुमाएर ५५ रन मात्र बनाउन सक्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4