Comments Add Comment

कोका-कोला र आईसीसीबीच साझेदारी

२१ माघ, काठमाडाैं । कोका-कोलाले क्रिकेटमा विश्वव्यापी प्रायोजन गर्दैजाने क्रममा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सीलसँग साझेदारी गरेको छ ।

कोका–कोला विश्वव्यापी रणनीतिक साझेदारीको रुपमा आईसीसीको ५ वर्षका लागि आधिकारीक पिय पदार्थ पाटर्नर बनेको छ । कोका–कोलाले त्यस अवधिमा आईसीसी क्रिकेटको विश्वव्यापी सम्पूर्ण गतिविधिमा प्रायोजन गर्नेछ ।

कोकले २०१९ मा इंग्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी पुरुष विश्व कप प्रतियोगिता, २०२० मा अस्ट्रेलियामा आयोजना हुने पुरुष तथा महिला टि–ट्वान्टी वल्ड कप, न्यूजिल्यानडमा र भारतमा क्रमशः २०२१ र २०२३ मा आयोजना हुने आईसीसी महिला विश्वकप र आईसीसी पुरुष विश्वकपमा प्रायोजन गर्नेछ ।

कोका–कोलाले उपभोक्तसँग जोडिनका लागि कस्टुमर सेन्ट्रिक पोर्टफोलियो बनाउँदै आएको छ । कम्पनीले लामो समयदेखि विश्व खेलकुद गतिविधिमा साझेदारी गर्दै आएको छ ।

कोकले ८० वर्षदेखि ओलम्पिकमा, २५ वर्षदेखि विश्वकप रग्बीमा र ५० वर्षदेखि फिफामा साझेदारी गरेको छ ।

नेपालको खेलकूद विकासका लागि कोका–कोलाले एभरेष्ट प्रिमियर लिग, ट्वान्टी–ट्वान्टी क्रिकेट टुनामेन्ट आयोजना गरेको थियो ।

त्यसबाहेक कोकले विगत १० वर्षदेखि यूवा तथा खेलकुद मन्त्रालय र अखिल नेपाल फुटबल एसोसियशन एन्फासँग सहकार्य गरेर धेरै जिल्ला स्तरीय र अन्तर स्कूल फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment