Comments Add Comment

न्युयोर्क र जेनेभाका स्थायी प्रतिनिधि नियुक्त

२१ माघ, काठमाडौं । न्युयोर्क र जेनेभाका लागि स्थायी प्रतिनिधि नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्र संघको न्युयोर्कस्थित स्थायी प्रतिनिधमा अमृतबहादुर राई र जेनेभास्थित स्थायी प्रतिनिधिमा मणिप्रसाद भट्टराईलाई नियुक्त गरेकी हुन् ।

ती पदमा सरकारले सिफारिस गरेपछि उनीहरु संसदीय सुनुवाई समितिबाट अनुमोदन भएका थिए । राष्ट्रपति कार्यालयका अनुसार उनीहरुलाई संविधानको धारा २ सय ८२ अनुसार नियुक्त गरिएको हो ।

न्युयोर्कस्थित स्थायी प्रतिनिधिमा नियुक्त राई यसअघि दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत थिए । सरकारले उनलाई त्यहाँबाट फिर्ता बोलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि बनाएको हो । जेनेभास्थित स्थायी प्रतिनिधि भट्टराई परराष्ट्र मन्त्रालयका सहसचिव थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment