Comments Add Comment

बहराइन र नेपालको द्धिपक्षीय सम्बन्ध संयन्त्र बनाउन राजदूत सुन्दासको प्रस्ताव

२२ माघ, काठमाडौं । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले प्रतिनिधिहरुको परिषद् बहराइनका अध्यक्ष फावजिया विन्ट अब्दुल्ला जाइनलसँग शिष्टाचार भेट गरेका छ् ।

भेटका अवसरमार दुई देश बीचका सम्वन्धका बिबिध आयामका बारेमा छलफल भएको बहराइनको राजधानी मनामास्थित नेपाली राजदूतावासले जनाएको छ ।

आइतबार भएको भेटका क्रममा परिषद्का अध्यक्ष फावजिया जाइनलले बहराइनले नेपालसँगको सम्बन्ध थप मजबुद र घनिष्ट बनाउन चाहेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भेटमा राजदूत सुन्दासले दुई देश बीचको सम्बन्ध थप उचाइमा बढाउनका लागि सरकारीलगायत सांसद/सभासद्हरुको तहमा समेत द्धिपक्षीय सम्बन्ध संयन्त्र बनाइ अगाडि बढ्न प्रस्ताव गरेका छन् ।

परिषद्का अध्यक्ष फावजिया जाइनलले राजनीतीक नेतृत्व तहमा आउँदा दिनहरुमा सम्वन्ध विस्तार गर्न आफूले सक्दो मद्दत गर्ने बताउँदै नेपाली कामदारहरुको सीप, लगनशीलता र इमानदारिताको प्रशंसा गरेका थिए ।

गल्फ एयरको सीधा उडान सुरु गर्न सकेमा दुई देश बीचको व्यापारिक पर्यटन तथा सांस्कृतिक सम्वन्ध थप दरिलो हुने राजदूत सुन्दासले विश्वास व्यक्त गरे ।

उनले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र आफ्नो व्यक्तिगत तर्फबाट परिषद्का अध्यक्ष फावजिया जाइनललाई वहराईनको इतिहासमा गरिमामय ओहदामा नियुक्त भएकोमा बधाई तथा शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment