Comments Add Comment

बार्सिलोना र रियल मड्रिड बराबरीमा

२४ माघ, काठमाडौ । कोपा डेल रे फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा घरेलु टोली बार्सिलोनाले रियल मड्रिडसँग बराबरी खेलेको छ ।

नाउ क्याम्पमा बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र रियल मड्रिडले १-१ गोलको बराबरी खेलेका हुन् । बार्सिलोनाका लागि मेलकोमले गोल गरे भने रियलका लागि लुकास भेजक्वएजले गोल गरे ।

खेलको छैटौं मिनेटमा नै लुकासले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनकै गोलमा रियलले पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको थियो । तर यो अग्रता दोस्रो हाफमा भने कायम रहन सकेन । खेलको ५७ औं मिनेटमा बार्सिलोनाका मेलकोमले गोल गर्दै खेल १-१ गोलको स्थितिमा ल्याए ।

नियमित कप्तान लियोनल मेस्सी भने अनफिटकै कारण दोस्रो हाफको मध्यतिर मात्रै मैदानमा प्रवेश गरे । खेलको ६३ औं मिनेटमा फिलिपे कौटिन्होको स्थानमा उनी मैदान प्रवेश गरेका थिए । तर उनले गोल गर्न भने सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment