Comments Add Comment

राजदूत नियुक्ति समावेशी बनाइन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

२४ माघ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राजदूत नियुक्ति समावेशी बनाउने बताएका छन् ।

बिहीबार संसदीय सुनुवाइ विशेष समितिमा उनले विगतमा राजदूत नियुक्ति गर्दा समावेशी नभए पनि अब संविधानअनुसार नै समावेशी बनाइने बताएका हुन् ।

‘आइन्दा नियुक्ति गर्दा संविधानको मर्मअनुसार हुनेछ’ उनले भने ।

परराष्ट्र मन्त्रालयले अन्य देशहरुसँग कस्तो सम्बन्ध छ र कुन देशसँग के अपेक्षा छ भन्ने विषयमा अध्ययन गरेर प्रोफाइल बनाइरहेको मन्त्री ज्ञवालीले जानकारी दिए । यसरी तयार पारेको प्रोफाइल सम्बन्धित देशका राजदूतलाई पठाउने पनि उनले बताए ।

मन्त्री ज्ञवालीले ५ देशमा नेपालको राजदूत खाली रहेको पनि संसदीय समितिमा जानकारी दिए । हाल २८ देश तथा नियोगमा नेपाली राजदूतहरु रहेका छन् । बंगलादेश, स्पेन, दक्षिण कोरिया, दक्षिण अफ्रिकासहित ५ देशमा भने राजदूत छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment