Comments Add Comment

आज सरस्वती पूजा, राष्ट्रपति र उपराष्ट्रपतिले गरे वसन्त श्रवण

२७ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ । वसन्त पञ्चमी पनि भनिने यस दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास छ ।

आजका दिन लेखपढ गर्न सिकाए विद्या र बुद्धि बढ्ने जनविश्वास छ । त्यसैले काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेले तथा अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा पूजाआजा गर्न छात्रछात्राको घुइँचो लागेको छ । साथै विद्यालय र क्याम्पसहरुले पनि सरस्वती पूजाको विशेष कार्यक्रम राख्ने गरेका छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘बसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्रपति विद्यादेवी भण्डारी उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले बसन्त श्रवण गरेका छन् ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ । साना बालबालिकालाई आजकै दिनदेखि विद्यालय पठाउने, अक्षरारम्भ गराउने र नाक, कान छेडिदिन चलन छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ-आफ्ना कला-साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् भने तान्त्रिक तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment