Comments Add Comment

महोत्तरीमा डेढ करोड लागतको कभर्डहल शिलान्यास

२७ माघ, महोत्तरी । बर्दिवास नगरपालिकामा सुविधा सम्पन्न ब्याडमिन्टन कभर्ड हल बन्ने भएको छ । बर्दिवास नगरपालिका १ स्थित ३ कठ्ठा जमिनमा सुविधा सम्पन्न कभर्डहल बन्न लागेको हो ।

श्रीपञ्चमी (बसन्तपञ्चमी) पर्वकै दिन बर्दिवास नगरपालिका प्रमुख विदुरकुमार कार्कीले सुविधा सम्पन्न कभर्डहल निर्माण कार्यको शिलान्यास गरेका छन् । नगरप्रमुख कार्कीले प्रदेश २ को बर्दिवास खेलको लागि समेत प्रख्यात हुने बताए ।

बर्दिवास ब्याडमिण्टन सङ्घ (महोत्तरी) ले झन्डै डेढ करोड लागतमा कभर्डहल निर्माण सुरु गरेको हो । कभर्डहलमा ‘सोनावाथ’ र ‘स्टिमवाथ’ सहितको सुविधा रहने निर्माण समितिले जनाएको छ ।

बर्दिवास स्थित गौतम रियलस्टेटले झन्डै १ करोड मुल्य बराबरको जमिन कभर्डहल निमार्णको लागि निःशुल्क उपलब्ध गराएको थियो । कभर्डहल निमार्ण भए संगै यस क्षेत्रमा राष्ट्रिय स्तरको बिभिन्न खेल खेलाउन सहयोग हुने निर्माण समितिका अध्यक्ष विष्णु खड्काले जानकारी दिए ।

बर्दिवास नगरपालिका, बर्दिवासका सामाजिक सङ्घसंस्थाहरु, स्थानीय उद्यमी ब्यापारी र खेलप्रेमीहरुबाट सहयोगको प्रतिबद्धता प्राप्त भएपछि निर्माण थालिएको सङ्घले जनाएको छ ।

प्रदेशभित्रका प्रतियोगिता आयोजना गर्न नयाँ बन्ने कवर्डहल उपयोगी हुने र २ बर्ष भित्र निमार्ण कार्य सक्ने अध्यक्ष खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment