Comments Add Comment

दिपाश्री र सुमित सद्भावना दुत नियुक्त

सफल निर्देशक दिपाश्री निरौला र गायक सुमित खड्कालाई विराटनगर महानगरपालिकाले सद्भावना दुतको रुपमा नियुक्त गरेको छ । आइतबार विराटनगरमा आयोजित सुमित खड्काको एकल कन्सर्ट कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले निरौला र खड्कालाई सद्भावना दुत नियुक्त गरेका हुन् । खड्का र निरौला विराटनगरबासी हुन् ।

राष्ट्रीय गानमा छुट्टै पहिचान बनाएका खड्काले विराटनगर महानगरपालिकाको गीत पनि गाएका छन् । विराटनगरबाट कलाकारिता क्षेत्रमा लागेकी निरौला हास्यकलाकार हुँदै पछिल्लो समय सफल निर्देशकको रुपमा चिनिएकी छन् ।

दुई जना विराटनगरकै भएकाले पनि कलाकारको सम्मान र विराटनगरको बिकासकालागि सद्भावना दुत नियुक्त गरिएको मेयर पराजुलीले जानकारी दिए । निर्देशक निरौलाले आफूमा थप जिम्मेवारी बढेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment