Comments Add Comment

नेपालसँग भारत पराजित, सावित्राको दुई गोल

२९ माघ, काठमाडौं । हिरो वोमेन्स गोल्डकप फुटबलमा नेपालले दक्षिण एसियाकै पावर हाउस मानिने भारतलाई पहिलो पटक पराजित गर्न सफल भएको छ ।

कलिंगाा रंगशालामा सोमबार राति भएको खेलमा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको हो । यो जित नेपालको लागि एकदमै महत्वपूर्ण जित हो । किनभने नेपालले भारतलाई महिला फुटबलको सिनियर टिममा पहिलो पटक पराजित गर्न सफल भयो ।

नेपालका लागि दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन् । उनकै दुई गोलको मद्दतमा नेपालले भारतमाथि इतिहास बनाउन सफल भयो ।

पाँचौ मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यसको दुई मिनेटपछि नै अर्थात सातौ मिनेटमा नै उनले अर्को गोल गर्दै नेपाललाई दोब्बर अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफमा दुई गोलले अघि रहेको नेपालले दोस्रो हाफमा एक गोल खान पुग्यो । ८४ औ मिनेटमा रतन बालादेवीले गोल गर्दै भारतलाई २–१ गोलको स्थितिमा ल्याएकी थिइन् । तर बाँकी समयमा गोल गर्न नसकेपछि खेल नेपालले जितेको हो ।

भारतलाई पराजित गरेसँगै नेपालको फाइनल पुग्ने सम्भावना पनि बढेको छ । नेपालले अब अन्तिम खेल इरानसँग प्रतिस्पर्धा गर्ने छ । इरानलाई नेपालले पराजित गरेमा फाइनल यात्रा तय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment