Comments Add Comment

नेकपामा समस्या ल्याउने कोशिस थामिसक्नु छैन : प्रधानमन्त्री

१ फागुन, काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा फुट ल्याउने प्रयास भइरहेको बताएका छन् । तर, त्यो सफल नहुने उनको दाबी छ ।

बुधबार ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले बाआमालाई एकअर्काबारे कुरा लगाएर झगडा गराए जस्तो नेकपामा पनि समस्या ल्याउने प्रयास भरहेको बताए । उनले भने, ‘अहिले सरकार सञ्चालन गर्ने पार्टी नेकपा हो । त्यसभित्र समस्या पैदा गर्ने कोशिश ओहो ! थामिसक्नु छैन ।’

प्रधानमन्त्रीले बाआमाको झगडा गराउने प्रयास कसरी हुन्छ भनेर सुनाए ।

बा को कानमा गएर भन्ने, बा आमा बोक्सी छे । आमाको कानमा गएर भन्ने, आमा बाले जड्याहा भइसके ।
दुबैले पत्याउँदैनन्, फेरि भन्ने ।
बा, पत्याउनुहुन्न तर के गर्ने, आमा भरे मुख सुँघ्न आउँछे ।
आमाको कानमा गएर भन्ने, तपाईँ पत्याउनु हुन्न । गएर मुख सुँघ्नुस् न कस्तो गनाउँछ ?
नभन्दै आमाले गएर मुख सुँघ्छे । रक्सी त गनाएको हुँदैन तर, बाउलाई पक्का हुन्छ कि मुख त सुँघ्न आई । बोक्सी त रहिछे ।

प्रधानमन्त्री ओलीले अघि भने, ‘यस्ता प्रयासहरु थुप्रो भएका छन् तर, प्रयास नगरेको पनि हुन्छ । न यहाँ आमाले मुख सुँघ्न जान्छे, न बाले बोक्सीको आरोप लगाउनेछ ।’

पछिल्लो समय नेकपामा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विवाद देखिएको थियो । प्रचण्डले प्रदेश र स्थानीय तहको अधिकार खोस्ने गरी कानुहरु बनाएको भन्दै सरकारको आलोचना गर्नुका साथै माओवादीलाई सिध्याइयो, जे गरेपनि हुन्छ भन्ने ठाने अर्को माओवादी जन्मिने चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment