
२ चैत, बुटवल । रुपन्देहीमा १५ बर्षे बालिका बलात्कृत भएकी छन् । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १३ की बालिकालाई शुक्रौलीगंँउका युवकले बलात्कार गरेका हुन् ।
शुक्रबार साँझ गहुँखेतमा घांस काटिरहेकी बालिकालाई पाँचसय रुपैया दिन्छु भनेर फकाएका थिए तर, बालिकाले नमानेपछि गहुखेतमै जर्बजस्ती बलात्कार गरेको पीडित बालिकाको भनाइ उद्धृढ गर्दै इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले बताए ।
पीडित बालिकाको भीम अस्पताल भैरहवामा स्वास्थ्य परिक्षण गरिउको छ । आरोपी भने फरार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4