Comments Add Comment

युएईमा चार नेपालीलाई ब्लडमनी वापत २ करोड १० लाख रुपैयाँ

३ फागुन, अवुधाबी (युएई) । संयुक्त अरब इमिरेट्स (युएई)मा दुर्घटनामा मृत्यु भएका चार नेपालीको परिवारले क्षतिपूर्ति वापत ‘ब्लडमनी’ पाउने भएका छन् । अन्य ३१ मृतकको अदालती प्रकृया पूरा हुन बाँकी छ ।

नेपाली दूतावासका द्धितीय सचिव विष्णुकुमारी अधिकारीले अदालतको फैसला अनुसार दूतावासले पाएको दुई करोड १० लाख रुपैयाँ पराराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित परिवारलाई पठाइसकेको बताइन् ।

उनका अनुसार, ब्लडमनी पाउनेमा धनुषाका शाहदेव यादव, लम्जुङका टुकबहादुर गुरुङ, नवलपरासीका वीरबल अहिर र नवलपरासीकै लक्ष्मीमाया श्रेष्ठका परिवार छन् । यसमध्ये लक्ष्मीमायाको ३० लाख र अन्य तीनजनाको एक करोड ८० लाख रुपैँया हो ।

दूतावासले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार, प्रकृया पूरा भइसकेका अन्य ७ मृतकको ब्लडमनी अदालतमा जम्मा हुन बाँकी छ भने ७ जनाको रकम दूतावासमा आइपुग्न बाँकी छ ।

त्यस्तै २ जनाको रकम नेपाल पठाउन मात्र बाँकी छ भने २४ जनाको मुद्धा दर्ता प्रकृयामा छ । उनीहरुले ब्लडमनी पाउने निश्चित भएपछि मुद्दा दर्ता हुने द्धितीय सचिव अधिकारीले बताइन् ।

अबुधाबीस्थित नेपाली दूतावासले गत साउनदेखि नेपाली कामदारको सबै खाले मुद्धा लड्न थालेको हो ।

सुरुमा समन्वयको अभाव हुँदा मुद्धा टुङ्ग्याउन लामो समय लाग्थ्यो । अहिले समन्वय र निरन्तर ताकेता हुँदा पीडितहरुले छिटो न्याय पाउन थालेका छन् ।

दूतावासको पहलमा गत असोजमा पनि दुई नेपाली परिवारले ब्लडमनी पाए ।

दूतावासको टोलीले गत मंसिर, पुस र माघमा युएईका विभिन्न अदालत पुगेर नेपाली कामदारमाथि लागेको मुद्धाबारे जानकारी लिएको थियो । सोही आधारमा पछिल्लो तथ्यांक सार्वजनिक भएको हो ।

प्रकृया पूरा हुन बाँकी रहेका मुद्धाबारे निरन्तर सोधपुछ गर्ने द्धितीय सचिव अधिकारीले बताइन् ।

अदालती प्रकृया पूरा भइ रकम प्राप्त भए रकम क्रमशः पठाउने दूतावासले जनाएको छ ।

फैसला हुन बाँकी रहेका मुद्धाको हकमा दूतावासले कानुनी उपचारका लागि पहल गर्ने कार्यबहाक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिए ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment