Comments Add Comment

डफिन्सले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

४ फागुन, धरान । क्यामरुनी टोली डफिन्सले २१ औं बुढासुब्बा गोल्डकप फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ३-२ ले हराउँदै डफिन्सले उपाधि उचालेको हो ।

क्यामरुनी टोली डफिन्सले हालै मात्र पोखरा गोल्डकप फुटबलको उपाधि पनि जितेको थियो ।

धरान रंगशालामा भएको फाइनल भिडन्तको निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

टाइब्रेकरमा डल्फिनका दुई खेलाडीको प्रहार बाहिरिएको थियो भने धरानका मिलन राई र हेमन्त थापा मगरको प्रहार डफिन्सका गोलरक्षकले बचाए भने योगेश राईको प्रहार बाहिरिएको थियो ।

उपाधिसँगै डफिन्सले ८ लाख रुपैयाँ हात पारेको छ । उपबिजेता धरानले ४ लाख रुपैयामा चित्त बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment